बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

चक्रपथ बाहिर पुग्दैन मेलम्ची

बुधबार, भाद्र २१ २०७४

भदौ २१, काठमाडौँ – झन्डै दुई दशकदेखि राजधानी उपत्यकाका बासिन्दाले देखेको मेलम्चीको पानी खाने सपना पहिलो चरणमा चक्रपथभित्रका छानिएका ठाउँमा मात्रै पूरा हुनेछ ।

अझ मेलम्चीको पाइप गाड्न सडक खनेर हैरान भएका कपन क्षेत्रका बासिन्दाको हकमा त यो झनै टाढा छ ।

तर, पानी आउने समय अझै टुंगो लागिसकेको छैन । पाइन बिछ्याउँदा भएको धुलोधुँवाको सास्ती, भत्केको सडक र अस्तव्यस्तताबाट मुक्ति पाउने समय अझै आइसकेको छैन । दसैंमा ल्याउने भनिएको पानी पछिल्लो समयमा २०७४ भित्र ल्याउने बताइएको छ ।

तर, मेलम्चीको पानी आउँदा पानीको समस्या हट्यो भनेर राजधानीवासी रमाइहाल्नुपर्ने अवस्था छैन । आयोजनाले चक्रपथभित्रका केही क्षेत्रबाहेक पानी वितरण सञ्जालको लागि पाइप बिछ्याएको छैन । वितरण सञ्चालनको पाईप विछ्याउन नसकेपछि सबै ठाउँमा पानी पुर्याउन समस्या हुने देखिएको हो । आजको नागरिकमा यो खबर छ ।