काठमाडौं भदौ, २०–
चर्चित नायिका करिश्मा मानन्धर ९ कक्षामा भर्ना भएर अध्यन सुरु गरेकि छन् । कुनै समय नेपाली चलचित्रमा एक छत्र राज गरेकि नायिका मानन्धरले मैतिदेवीस्थित त्रिवेणी पब्लिक स्कुलमा कक्षा ९ मा पढ्न थालेकी हुन् । ग्यालेक्सी पब्लिक स्कुलबाट कक्षा आठ पास गरेकी नायिका मानन्धर मैतिदेवीस्थित त्रिवेणी पब्लिक स्कुलमा भर्ना भएकी हुन।
सोमबार सञ्चारकर्कीसँग कुरा गर्दै उनले आफू नियमित अध्ययनमा लागेको जनाईन् । नायिका मानन्धरले आफू नियमित कक्षामा जान नसक्ने तर, अध्ययन भने त्रिवेणीमा गर्न थालेको बताईन् ।
उनले आफूलाई पढ्न पार्टी संयोजक बाबुराम भट्टराईले हौसला दिएको समेत बताईन् । । नायिका मानन्धर नयाँ शक्ति पार्टीको सांस्कृतिक विभाग प्रमुख समेत हुन् ।