बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

राष्ट्र बैंकले भदौ २८ गतेबाट दशैको लागि नयाँ नोट साट्ने

सोमबार, भाद्र १९ २०७४

काठमाडौ भदौ, १९–
नेपाल राष्ट्र बैंकले भदौ २८ गतेबाट दशैको लागि नयाँ नोट सटही गर्ने भएको छ । प्रति व्यक्ति २० हजार रुपैयाँका दरमा नयाँ नोटको सटही सुबिधा दिन लागेको राष्ट्र बैैकले जानकारी दिएको छ । 
नेपाल बैंक लिमिटेड, राष्ट्रिय बाणिज्य बैंक र कृषि विकास बैंकका शाखाहरुबाट २०७४ भाद्र २८ गते देखि पाँच, दश, २० र ५० र एक  सय दरका नयाँ तथा सफा÷सुकिलो नोटहरु प्रति व्यक्ति अधिकतम २० हजारमा दरमा सटही सुबिधा दिन लागेको राष्ट्र बैकले जनाएको छ । 
सटहीको लागि नेपाल बैंक लिमिटेड, शाखा कार्यालयहरु काठमाडौं बैंकिङ्ग अफिस न्यूरोड, बालाजु, पाटन औद्योगिक क्षेत्र, किर्तिपुर र भक्तपुर, राष्ट्रिय बाणिज्य बैंक, शाखा कार्यालयहरुः सिंहदरवार प्लाजा भवन, टेकु, नयाँ बानेश्वर, सानो थिमी, विशालबजार र नक्साल, कृषि विकास बैंक, शाखा कार्यालयहरुः गौशाला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क र मंगलबजार र नेपाल राष्ट्र बैकको मुुद्रा व्यवस्थापन बिभागका सटही काउन्टरहरु छुुट्याएको राष्ट्र बैकले जानकारी दिएको छ । 
सटही सुविधालाई सहज ढङ्गबाट सम्पादन गर्न प्रत्येक दरका नोटको खुद्रा संख्या एक सय को प्याकेटका आधारमा मात्र सटही गरिने भएकोले सोही बमोजिम नोट सहटीको माग गरी नोट सटही कार्यलाई सहयोग पु¥याउन राष्ट्र बैकले आग्रह गरेको छ । संवैधानिक निकाय, नेपाल सरकारका कार्यालय, संस्थान, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी अन्य संघ संस्था लगायत कार्यालयहरुलाई सम्बन्धित निकायको पत्रको आधारमा नयाँ, सफा÷सुकिलो नोटको उपलव्धता हेरी सटही गर्ने कार्य मुद्रा व्यवस्थापन विभाग, थापाथलीको काउण्टरबाट २०७४ भाद्र २१ गतेदेखि ३० गतेसम्म नोट सटही सुविधा उपलव्ध गराउने व्यवस्था मिलाइएको राष्ट्र बैकले जनाएको छ । उपत्यका बाहिरका कार्यालयहरु र यस बैंक मातहत संचालित नोटकोष रहेका वाणिज्य बैंकहरुले समेत सर्वसाधारणहरुलाई नयाँ सफा÷सुकिलो नोट सटहीको सुविधा उपलव्ध गराउनु पर्ने छ ।