बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

उत्तर कोरियाको हाइड्रोजन बम कति शक्तिशाली ?

सोमबार, भाद्र १९ २०७४

एजेन्सी भदौ, १९–
उत्तर कोरियाले आइतबार भूमिगत विष्फोट गराएको हाइड्रोजन बम निकै शक्तिशाली मानिएको छ । कुनै अनुमानले त्यसको शक्ति एक सय किलोटन भएको उल्लेख गरेका छन् । अर्थात अमेरिकाले सन् १९४५ मा जापानको नागासाकीमा खसालेको फ्याट बोय नामक अणु बम भन्दा यो पाँच गुणा शक्तिशाली हो ।
हाइड्रोजन बम परिक्षणले ठूलो भूकम्पको धक्का

नागासाकी विष्फोटले तत्काल ७० हजारको ज्यान गएको थियो । तर अझ पनि मानव निर्मित सबभन्दा शक्तिशाली विष्फोटहरुको तुलना गर्ने हो भने चाहिं यो निकै सानो नै हो । परमाणु दौड उत्कर्षमा पुगेको बेला सन् १९६१ मा सोभियत युनियनले बमहरुको राजा नाम दिएको बमको विष्फोट गराएको थियो । उक्त हाइड्रोजन बमको शक्ति ५० हजार किलोटनको थियो ।
अमेरिकाद्वारा उत्तर कोरियालाई कडा चेतावनी

तर पनि उत्तर कोरियाको हालको शासन शैली अनि उसका छिमेकीहरुसंगको सम्बन्धका कारण उसको परीक्षणलाई अन्तर्राष्ट्रिय जगतले निकै गम्भीरताका साथ लिएको छ । बीबीसीका विश्लेषक जनाथन मार्कस भन्छन् यसले कयौंले अपेक्षा गरेभन्दा तीव्र गतिमा सबै कित्तामा उत्तर कोरियाली परमाणु कार्यक्रमले प्रगति गरिरहेको छ भन्ने संदेश दिएको छ । सैन्य चेतावनी, एक्ल्याउने प्रयास र प्रतिबन्ध जस्ता उत्तर कोरियामाथि दवाव दिने सबै उपाए प्योङ्याङलाई पछाडि धकेल्न विफल देखिएका छन् ।
उत्तर कोरियाको हाइड्रोजन बम विफल बनाउने दक्षिण कोरियाको ‘लाइभ(फायर’ अभ्यास
के यो भन्दा थप पनि गरिनसक्छ  ?
पक्कै पनि, तर कडा आर्थिक दवावले त्यहाँको सत्तालाई सम्भवतः निसहाय बनाइदिन र उसलाई वर्वादीतर्फ धकेल्न सक्छ जुन कुराको सामना गर्न चीन अनिच्छुक लाग्छ । प्योङ्गयाङ्गको परमाणु कार्यक्रमलाई अब पछाडी फर्काउने भन्दा पनि परमाणु अस्त्रले सुसज्जित भइसकेको उत्तर कोरियासंग अब विश्व जगतले नियन्त्रण र प्रतिरोधको नीति प्रधान रुपमा अपनाउन सक्ने देखिन्छ । बीबीसी