बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सिन्धु र कावेली बिकास बैंकको हकप्रद सेयरको बिक्री खुल्यो

सोमबार, भाद्र १९ २०७४

काठमाडौं भदौ, १९–
सिन्धुु बिकास बैंक र कावेली बिकास बैकले हकप्रद सेयरको बिक्री खुल्ला गरेको छ । सिन्धुुले २० करोड ९७ लाख ५४ हजार रुपैयाँको हकप्रद सेयरको बिक्री गरेको छ । बैंकको हकप्रको निर्धारित बिक्री मिती भदौ १८ गते आईतबार तोकिएमा सो दिन सार्वजनिक बिदा परेकाकारण आज सोमबारबाट बैंकले सेयर बिक्री खुल्ला गरेको हो । 
बैंकले चुक्ता पुंजी २६ करोड २१ लाख ९२ हजार पाँच सय रुपैयाँ मध्येबाट १० बराबर आठको अनुपातमा एक सय रुपैयाँ अंंकित मुल्य कायम रहने गरी २० लाख ९७ हजार पाँच सय ४० कित्ता हकप्रद सेयरको बिक्री खुल्ला गरेको हो । बिक्री प्रवन्धक एनआईबिएल क्यापिटल रहेको बैकको हकप्रद सेयरको बिक्री कार्य असोज २२ गतेसम्म जारी रहने छ ।
यसैगरीकावेली बिकास बैकको तीन करोड ५० लाख ८० हजार रुपैयाँ बराबरको हकप्रद सेयरको बिक्री खुल्ला भएको छ । बैकले हाल कायम रहेको चुक्ता पुंजीको ५० प्रतिसत अर्थात दुुई बराबर एकको अनुुपातमा एक सय रुपैयाँ अंकित मुल्य कायम रहनेगरी तीन लाख ५० हजार आठ सय ८० कित्ता हकप्रद सेयरको बिक्री खुल्ला गरेको हो । 
बिक्री प्रवन्धक ग्लोवल आईएमई क्यापिटल मार्फत भदौ १८ गते आईतबारबाट खुल्ला हुुने भनिएकोमा सो दिन सार्वजनिक बिदा परेका कारण बैंकको आज सोमबारबाट हकप्रद सेयरको बिक्री खुल्ला भएको हो ।