बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

प्रतिभा खोज्ने होईन आयोजकको कमाउने खेति बन्यो ‘नेपाल आइडल’, दर्शकको भोटको घोर अपमान !

आइतबार, भाद्र १८ २०७४

काठमाडौं भदौ, १८–
 एपी वान टेलिभिजनबाट प्रशारण भैरहेको सिंगिङ रियालिटी सो नेपाल आइडल सुरुवातदेखिनै विवादित बन्दै आएको छ । हजारौं प्रतिभाबाट एकजना प्रतिभा(नेपाल आइडल) छानिनका लागि भाग लिएका प्रतिभाहरु अहिले गला राउन्डसम्म आईपुग्दा जम्मा चार प्रतियोगि मात्र बाँकि रहेका छन् ।

नेपालमा अहिलेसम्म भएका सिंगिङ रियालिटी सोहरुमा नेपाल आइडल सर्वाधिक विवादित बनेको रियालिटी सोका रुपमा दर्ज भएको छ । यसअघि जज तथा  गेष्ट  जजका कारणले मात्र विवादित बनेको नेपाल आइडल अहिले आयोजकका कारण थप विवादित बनेको हो । सामाजिक सञ्जालहरुमा जज तथा गेष्ट जजहरको कारण आलोचित बन्दै आएको छ । गला राउण्ड अन्तरगत नेपाल आइडलमा गत बिहिबार  सहभागि चार प्रतियोगिहरुलाई विश्वभरका  दर्शकहरुले ३७ लाख भन्दा बढि भोट गरेका थिए ।

सामाजिक सञ्जालमा दर्शकहरु नेपाल आइडलको प्रस्तुतिसँग जति खनिए पनि शुक्रबार चार जना मध्ये को आउट हुन्छ भनेर तिव्र प्रतिक्षामा रहेका थिए । तर, शुक्रबार जजले पावर प्रयोग गरेर कार्यक्रमलाई प्रभावित पार्न पुगे । उनीहरुले चारजना मध्ये कसैलाई पनि आउट भएको घोषणा गरेनन् । उनीहरुले आयोजक अन्नपुर्ण मिडिया नेटवर्कद्वारा संचालित एपी वान टेलिभिजनको चाहाना अनुसार यो हप्ता आएको भोट र फेरि अर्को हप्ता आउने भोट अनुसार एकजनालाई आउट गराउने निर्णय सुनाउन पुगे ।

जजहरुको यो निर्णयसँगै दर्शदेखि अधिकांश भोटरहरु आयोजकले भोटिङलाई  पैसा कमाउने माध्यम बनाएको भन्दै आक्रोशित बनेका छन् । साथै, उनीहरुले यो हप्तमा भोटिङ समेत नगर्ने जनाएका छन् ।  भोटरको एक भोटबापत नेपाल आइडलले  झण्डै ६ रुपैया कमाउने गरेको छ । बिहिबारको गला राउन्ड पश्चात नेपाल आइडलले कार्यक्रम हेरिरहेका दर्शकलाई भोट गर्न लगायो । भोटिङवापत नेपाल आइडलले करोडौं करोड रुपैया संकलन गर्यो । तर, उतकृष्ट तीनको प्रतिक्षामा बसेका भोटर तथा दर्शकलाई नेपाल आइडलको शुक्रबारको प्रस्तुतिले निराश तुल्यायो । आयोजकको नियत अझै कमाउने धन्दामा लाग्ने प्रष्ट देखियो । किनभने गतहप्ता मात्र भोटिङबाट करोडौं कमाएको नेपाल आइडलले दर्शक तथा भोटरहरुको चाहनामा लात मारेर उत्कृष्ट तीन छान्नुको साँटो अझै पनि करोडौं कमाउने लक्षका साथ भोटिङलाई निरन्तरता दिदै उत्कृष्ट तीन समेत नछानेको प्रष्ट देखियो ।

 

नेपाल आइडलको अयोजक तथा जजहरुले दर्शक तथा भोटरहरुको ठुलो अपमान गरेका छन् । सामाजिक सञ्जालमा दर्शकहरुको आक्रोशपूर्ण अभिव्यक्तिहरु सार्वजनिक भैरहेका छन् । नेपाल आइडलको शुक्रबारको  निर्णयले टेलिभिजनले बनाएको एउटा उचाईलाई समेत  ओझेलमा पारेको छ । दर्शकको भावनालाई ठेस लगाएको छ । दर्शकको एसएसएमबाट प्राप्त हुने रकमलाई आम्दामीको श्रोत बनाएको छ । सामाजिक सञ्जालमा अत्यधिक आलोचना आउन थालेपछि कार्यक्रमका निर्देशक लक्ष्मण पौडेलले दर्शकलाई नै अपमान हुने गरी फेसबुकबाटै जवाफ फर्काएका छन् । उनले लेखेका छन्, ‘ कोही आउट हुँदा भन्दा आज सबै सुरक्षित हुदा सोसियल साइटका भित्ता पिडाले भरिए । रहयो भोट को कुरा, जजहरुले मात्र एक हप्ताको लागि सुरक्षीत गर्नु भएको हो । आँखिर जनताबाट आएको भोट कही गएको छैन जुन अर्को हप्ता गणना हुनेछ । फेरि पनि भोट गर्नु न गर्नु मान्छे मा भर पर्ने कुरा हो । यदि माया ले गर्नु भयो भने यहि भोट मा थपिदै जाने हो गर्नु भएन भने पनि प्रतिस्पर्धीले पाउनु पर्ने भोट पाई सकेको छ । जित्नको लागि कुनै भोटको संख्या तोकिएको छैन मात्र अलि बढी ल्याए पुग्छ । भोट् गर्नु न गर्नु नितान्त तपाईंको ब्यक्तिगत कुरा हो । गर्नु हुन्छ खुसी ले गर्नुस होइन भने प्रतियोगिहरुलाई एक हप्ताको लागि आइडलले आफूसँग राख्दा यस्तो रियाक्सन किन ?

यो कुराले झनै आयोजक र एपी वान टेलिभिजनको विश्वासमा दर्शकहरुको संकट गहिरिदै जाने प्रष्ट भएको छ । एपी वान र आयोजकको लुकेको भित्रि नियत दर्शकले राम्रोसँग बुझ्ुने मौका समेत पाएका छन् ।
सुरुवाती दिनमा नेपालका नेपालका मुख्य शहरहरु नेपालगञ्ज, बुटवल, बिरगञ्ज, विराटनगर, पोखरा, नारायणघाट र काठमाडौं अडिशनबाट १ सय ५१ जना छानिएका थिए । एपी वान टेलिभिजनबाट हरेक बिहिबार र शुक्रबार प्रशारण हुदै आईरहेको नेपाल आइडलमा अहिले गला राउण्डसम्म आईपुग्दा जम्मा चार जना प्रतियोगिहरु रहेका छन् । अहिले निशान भट्टराई, बुद्ध लामा, शागर आले र प्रताप दास अहिले प्रतियोगितमा सहभागि रहेका छन् ।

 

तर, नेपाल आइडल लगभग हरेक एपिसोडमा विवादको भूमरीमा फस्दै आईरहेको छ । पछिल्लो समय तीन उत्कृष्ट प्रतियोगि छान्न नसक्दा र आयोजकको कमाउने नियत छताछुल्ल भैदिदा नेपलमा सञ्चालन हुने रियालिटी सोहरु प्रति दर्शकको विश्वस्नियता झन् झन् घट्दै जाने प्रष्ट देखिन्छ । अन्नपुर्ण मिडिया नेटवर्कद्वारा संचालित एपी वान टेलिभिजनले लुकेर बसेको प्रतिभाहरुको प्रतिभा प्रष्फुटन गर्ने उदेश्यले कार्यक्रम सञ्चालन गरेको रोईलो जतिनै गाएपनि उसको भित्रि र असलि नियत उदांगिएको छ । एपी वानको यसतो करामत देखिएपछि आउदा दिनहरुमा एपी वानले रियालिटी सो बार्यक्रममा दर्शक स्रोताको मन जित्न अत्यन्तै मुश्किल हुने प्रष्ट छ ।