बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

“आयोगले हिमाली र पहाडी जनतालाई अन्याय गर्यो”

शनिबार, भाद्र १७ २०७४

भदौ १७, रुकुम – नेकपा (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले निर्वाचन क्षेत्र निर्धारण आयोगले हिमाल र पहाडी क्षेत्रमा बसोबास गर्ने जनतालाई अन्याय गरेको बताएका छन् । 
 
नेता ज्ञवालीले शनिबार बिहान प्रेस चौतारी रुकुमद्वारा आयोजित पत्रकार सम्मेलनमा आयोगले क्षेत्र निर्धारण गर्दा जनसंख्यालाई मात्र आधार मानेर हिमाल र पहाडी क्षेत्रमा बसोबास गर्ने जनतालाई अन्याय गरेको बताए । 
 
“आयोगले क्षेत्र निर्धाण गर्दा ३० प्रतिशत भूगोललाई र ७० प्रतिशत जनसंख्यालाई आधार मान्नुपर्ने थियो । तर ९० प्रतिशत जनसंख्यालाई र १० प्रतिशत मात्र भूगोललाई आधार बनाएको छ, उपाध्यक्ष ज्ञवालीले भन्नुभयो, यसले गर्दा आयोगले विभेद गरेर गम्भीर गल्ती गरेको छ ।”  
 
६ नम्बर प्रदेश संयोजकसमेत रहेका उपाध्यक्ष ज्ञवालीले ६ नम्बर प्रदेशको राजधानी सुर्खेतमा बनाउने र यसको नाम कर्णाली प्रदेश राख्नको लागि एमाले प्रदेश समितिले निर्णय गरिसकेको जानकारी गराए ।