बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

जोरपाटीमा बस दुर्घटना हुँदा १६ जना घाइते

शनिबार, भाद्र १७ २०७४

भदौ १७, भक्तपुर – काभ्रेपलाञ्चोकको पनौतीबाट काठमाडौँतर्फ जाँदै गरेको बस अरनिको राजमार्ग खण्डअन्तर्गत जोरपाटीमा आज बिहान दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । 

करिब ८ बजेतिर तीव्र गतिमा आइरहेको बा२ख ९५८० नंको बस सूर्यविनायक नगरपालिका जोरपाटीमा सडकबाट खेतमा खसेर दुर्घटनामा परेको वडा नं ९ का वडाध्यक्ष उपेन्द्र केसीले जानकारी दिए  स्थानीयवासीले यात्रुको उद्धार गरेर उपचारका लागि मध्यपुर अस्पताल पठाएका छन् ।