बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सार्वजनिक सवारीमा बढ्दो बेथिति

शुक्रबार, भाद्र १६ २०७४

भदौ १६, काठमाडौँ – बानेश्वरको थापागाउँ अनामनगर हनुमान स्थानसम्म यात्रा गरेका एक दम्पतीले न्युनतम भाडा दिँदा ब्यवसायीबाट तिरस्कृत मात्रै हुनुपरेन, हातपातसम्म हुने अवस्था सामना गर्नुपर्यो ।

थापागाउँका सुरेश कर्माचार्याले मंगलबार पत्नीसहित नेपाल यातायातको बा १ ख ५८७९ नम्बरको बसबाट हनुमान स्थानसम्मको यात्रा गरेका थिए । 

उनले १३ रुपैयाँका दरले दुईजनाको २६ रुपैयाँ कन्डक्टरलाई दिए । 

कन्डक्टरले ३० रुपैयाँ मागिरहँदा अन्य यात्रु भने उक्त किचलोको दृश्यमा रमाईरहेका थिए । 

यातायात ब्यवस्था विभागका पुर्वनिर्देशक बसन्त अधिकारी आफै पनि सार्वजनिक सवारीसाधनको ठगीबाट पीडित भईसकेका छन् । यो खबर आजको अन्नपुर्ण पोष्टले लेखेको छ ।