काठमाडौं भदौ, १४–
राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशम्शेर राणाले अन्तत्वगत्वा आफूहरुको निर्वाचन चिन्ह हलोनै हुने बताएका छन् । बुधबार अध्यक्ष राणाले जारी गरेको विज्ञप्तिमा तत्कालका लागि आफ्नो चुनाव चिन्ह पाङग्रा भएपनि दीर्घकालका लागि हलो चिन्ह नै हुने बताइएको छ ।
उनले नेपाली जनता दलको पाङग्रा चुनाव चिन्हबाट असोज २ मा हुने सथानीय तहका ६ वटा जिल्लामा निर्वाचन लड्न लागेको बताएका छन् । त्यस्तै उनले सिराहा र महोत्तरीमा स्वतन्त्र चुनाव चिन्हबाट आफ्नो पार्टी चुनाव लड्न लागेको बताएका छन् ।
राप्रपा बिभाजन हुुनुको कारण नै हलो चिन्ह भएको भन्दै राणाले एकदिन आफूहरुको चिन्ह हलोनै हुने दाबी गरेका छन् ।
