काठमाडौं भदौ, १४–
बुधबार बसेको मन्त्रिपरिषदको बैठकले चार जना सचिवहरुको सरुवा गर्ने निर्णय गरेको छ । सञ्चारमन्त्री समेत रहेका सरकारका प्रवक्ता
मोहनबहादुर बस्नेतका अनुसार भूमिसुधारबाट आपूर्ती मन्त्रालयमा कृष्णराज देवकोटा तथा भूमिसुधारमा शम्भु कोइरालालाई सरुवा गरिएको छ । त्यस्तै, खानेपानी तथा सरसफाई मन्त्रालयमा कृष्णराज बिसी र पर्यटन मन्त्रालयमा महेश्वर न्यौपानेलाई सरुवा गरिएको सरकारका प्रवक्ता मन्त्री बस्नेतले जनाए ।