काठमाडौं भदौ, १३–
प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीको पक्षमा दवाव दिन भनदै नयाँ शक्ति पार्टी, नेपालले दुई घण्टा धर्ना दिने भएको छ । ‘नयाँ शक्तिको राजनीतिक–सामाजिक अभियान परिचालन समिति’ले मंगलबार बेलुका ४ बजेदेखि ६ बजेसम्म माइतीघर मण्डलामा धर्ना दिन लागेको हो ।
उसले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली र विदेशमा बस्ने नेपालीहरुले त्यहीँबाटै मत हाल्न पाउने व्यवस्था मिलाउन दवावस्वरुप धर्ना कार्यक्रम आयोजना गरेको जनाएको छ । विगत लामो समयदेखि नयाँ शक्ति नेपालले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीको माग गर्दै आएको छ ।