काठमाडौ भदौ, १२–
अघिल्लो दिन बढेर उत्साहित भएका लगानीकर्ताहरु आज निरास देखिएकाछन । आज नेप्से सुचक तथा कारोवार रकम दुुबै नै घटेको छ । नेप्से आज नौ दसमलव ४१ अंकले घटेर १६ सय १२ दसमलव ९१ अंकमा पुुगेको छ भने सेन्सिटिभ दुुई दसमलव ३९ अंंकले घटेर तीन सय ३८ दसमलव ३५ अंकमा पुुगेको छ । एक सय ५९ कम्पनीहरुको नौ हजार पाँच सय १५ वटा कारोवार १५ लाख ४२ हजार दुई सय आठ कित्ता सेयर खरिद बिक्री भएकाछन भने ९० करोड ९३ लाख ५७ हजार एक सय रुपैयाँ पुुगेको छ ।
कुुल आठ वटा समुहको कारोवार भएकोमा छ वटा समुहको कारोवार घटेर दुुई वटा समुहको कारोवार बढेको छ । बाँणिज्य बैक समुहको सुचकब १३ दसमलव ४७ अंकले घटेर १३ सय ९५ दसमलव २७ बिन्दुमा झरेकोमा २४ करोड ९२ हजार रुपैयाँको सेयर किनबेच भएकोे छ । जलबिद्युुत समुहको सुचक सात दसमलव २१ अंकले घटेर १८ सय ६४ दसमलव १९ बिन्दुुमा झरेकोमा पाँच करोड ३० लाख ७२ हजार एक सय रुपैयाँको सेयर किनबेच भएको छ । फाईनान्स समुहको सुचक पनि सात दसमलव ४२ अंकले घटेर आठ सय सात दसमलव ८८ बिन्दुुमा झरेकोमा एक करोड ४३ लाख ८५ हजार सात सय रुपैयाँको सेयर किनबेच भएको छ । यसैगरी बीमा समुहको सुचक ४५ दसमलव ३८ अंंकले घटेर नौ हजार एक सय आठ दसमलव १० बिन्दुुमा झरेकोमा १८ करोड नौ लाख ११ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।
होटल र अन्य समुहको सुचक पनि आज घटेकाछन । बिकास बैक समुहको सुचक छ दसमलव ८५ अंकले बढेर दुुई हजार ३५ दसमलव ३१ बिन्दुुमा चढेकोमा ३५ करोड ३३ लाख ४२ हजार रुपैयाँको सेयर किनबेच भएको छ । यसैगरी उत्पादनमुुलक समुहको सुचक पनि आज बढेको छ । आज कमाउने तथा गुुमाउने कम्पनीहरु यस्ता रहेकाछन ।
बढी कमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस कम्पनीको नाम आजको कारोवार मुल्य आजको बढेको सेयर मुल्य
१ स्वरोजगार लघुबित्त बिकास बैक २५६५ ९.९९
२ हिमालयन डिष्ट्रिलरी प्राली १५४६ ९.९६
३ हिमालयन पावर पार्टन ४७१ ९.७९
४ नागवेली लघुबित्त बिकास बैंक ३८३२ ७.४०
५ रिलायवल माईक्रो फाईनान्स २१९० ७.०९
गुुमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस कम्पनीको नाम आजको कारोवार मुल्य आजको घटेको सेयर मुल्य
१ सिद्धार्थ लगानी बृद्धि योजना—१ २४.२१ १०
२ नविल व्यालेन्स फन्ड—१ १९.२० ९.८५
३ जनरल फाईनान्स १३५ ९.३९
४ एनएमबी शुुलभ फन्ड—१ १४ ४.८९
५ सिर्नर्जी पावर डेभलपमेन्ट कम्पनी १९० ४.५२