काठमाडौं भदौ, १२–
नेतृत्व चयनका लागि सहमतिको निरन्तर पहल गरे पनि माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको सहमतिमा नेतृत्व चयन प्रयास असफल भएको छ । सहमतिबाट नेतृत्व चयनका लागि पार्टी नेतृृत्वले निरन्तर पहल गरे पनि प्रयास असफल भएको हो ।
बिघटित केन्द्रिय समितका सचिव गणेशप्रसाद मैनालीले आजबाट चुनावी प्र्रक्रिया शुरु हुने बताए ।
यो संगै आजबाट विद्यार्थी संगठनको नयाँ नेतृत्व चयन हुने निश्चित भएको छ ।
भदौ सात गतेदेखि अखिल क्रान्तिकारीको २१ औ राष्ट्रिय विद्यार्थी सम्मेलन आजसम्म जारी रहेको छ ।
अखिल क्र्रान्तिकारीको २१ औ राष्ट्रिय सम्मेलनबाट सबै पदाधिकारी सहित सदस्यहरु निर्वाचनबाट मात्र आउन पाउने संगठनले बताएको छ ।
संगठन भद्रगोल भएपछि सुस्त दुरुस्त बनाउन २५ सदस्य पदाधिकारी सहित १ सय ९९ कमिटी बनाउन थालिएको छ । पदाधिकारीमा एक अध्यक्ष, ६ जना उपाध्यक्ष, महासचिव १ जना,उपमहासचिव ३ जना, सचिव १३ जना, कोषाध्यक्ष एक जनागरी २५ जना पदाधिकारी हुने भएका छन् ।
अहिले अखिल क्रान्तिकारीमा ९९ जना पदाधिकारी सहित एक हजार जनाको कमिटी छ । संगठनको आकार भद्धा भयो भनेर अखिल क्रान्तिकारीले निरन्तर आलोचना खेप्दै आईरहेको छ ।