बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

ऋषिपञ्चमीमा महालक्ष्मी विकास बैंकको निशुल्क स्वास्थ शिविर सम्पन्न

सोमबार, भाद्र १२ २०७४

काठमाडौं भदौ, १२–
महालक्ष्मी विकास बैंक कालीमाटी शाखाले ऋषिपञ्चमीको अवसरमा निशुल्क स्वास्थ शिविर, पिउने पानी तथा जुस वितरणको कार्यक्रम आयोजना गर्यो । 
महिलाहरुको महान चाड ऋषी पञ्चमीको अवसर पारेर  बैंकको  कालीमाटी शाखाले टेकु स्थित ऋषेश्वर महादेव दर्शन गर्न आउने  भक्तजनहरुलाई निशुल्क स्वास्थ शिविर, पानी तथा जुस खुवाउने कार्यक्रम आयोजना गरेको बैंकले जनाएको छ  । बैंकल उक्त कार्यक्रममा करीब ३० देखि ४० हजार  दर्शनार्थीहरुलाई राती १२ बजे देखि साँझ ४ बजेसम्म पिउने पानी तथा जुस वितरणका साथै करिब ५ सय जनाको    निशुल्क स्वास्थ परिक्षण गरेको जनाएको छ ।