बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

पाँच महिनामै फेरि दोस्रो पटक ओली किन जाँदैछन् थाइल्याण्ड ?

शुक्रबार, भाद्र ९ २०७४

काठमाडौ भदौ, ९–
शुक्रबार (आज) एमाले अध्यक्ष केपी ओली  थाइल्याण्ड जाँदैछन् । आफ्नो नियमित स्वास्थ्य परिक्षणका लागि अध्यक्ष ओली   थाइल्याण्डको राजधानी बैंकक जान लागेका हुन् ।  एमाले सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार अध्यक्ष ओली शुक्रबार मध्यान्ह बैंकक जान लागेका हुन् । 
ओलीका स्वकिय सचिव अनिस दाहालले जनाए अनुसार ओलीका साथमा पत्नि राधिका शाक्य पनि थाई एयरवेजको जहाजबाट बैंकक जाने भएकि छिन् । 
मृर्गौला ट्रान्सप्लान्ट गरिएकाले अध्यक्ष ओलीले ६÷६ महिनामा स्वास्थ्य परिक्षण गराउदै आएका छन् । यसअघि उनले बैशाख पहिलो साता परिक्षण गराएका थिए । त्यसलगत्तै चुनावी चटारोमा सहभागि भएकाले यसपटक चाँडै स्वास्थ्य परिक्षण गर्न जान लागेको ओलि निकट श्रोतले जनाएको छ ।