बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

ट्रकको ठक्करबाट दुईको मृत्यु

बिहिबार, भाद्र ८ २०७४

चितवन– भरतपुरको वाइपास रोडमा विहीबार भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। 

भरतपुरको आँपटारीबाट केन्द्रीय बस टर्मिनलतर्फ आउँदै गरेको ना ६ ख ३४२५ नंको ट्रकले गणेशस्थान चोकमा ना ३ प ७२३९ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार तीनमध्ये दुई जनाको मृत्यु भएको हो । एक जना घाइते भएका छन्। 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ट्रकको ठक्करबाट गम्भीर घाइते मोटरसाइकलको पछाडि सवार भरतपुर महानगरपालिका–११ की ४२ वर्षीया आशमाया थापा र उनका श्रीमान् मोटरसाइकल चालक ४६ वर्षीय मानबहादुरको उपचारका क्रममा मृत्यु भएको हो । मोटरसाइकल पछाडि सवार सोही ठाउँकी ४५ वर्षीया सानुमाया बुढाथोकी सामान्य घाइते भएकामा कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ। रासस