बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कटैया–कुशाहा प्रशारणलाइनको उद्घाटन, देउवा र मोदीले संयुक्त स्विच थिचे

बिहिबार, भाद्र ८ २०७४

काठमाडौं भदौ, ८–
भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कटैया–कुशाहा १ सय ३२ केभीए प्रसारणलाइनकोे संयुक्त रुपमा उदघाटन गरेका छन् ।

बिहीबार हैदराबाद हाउसबाट   दुई प्रधानमन्त्रीले संयुक्त रुपमा स्वीच थिचेर प्रसारणलाइनको उदघाटन गरेका हुन्।

यो उदघाटनसँगै यो कटैया कुशाहा प्रसारणलाइनबाट थप ५० मेगावाट विद्युत नेपाल आयात गर्न मिल्छ ।

आगामी वर्षको माग धान्ने नदेखेपछि प्राधिकरणले अहिले थप प्रसारणलाइन मार्फत विद्युत ल्याउने भएको हो । कटैया कुशाहा १ सय ३२ केभीको प्रसारणलाइन गत फेब्रअरीमा नै निर्माण सम्पन्न भएको थियो । तर हालसम्म यसबाट विद्युत आयात भने भएको छैन । यो प्रसारणलाइनबाट ५० मेगावाट विद्युत आयात गर्न मिल्नेछ ।
यसअघि पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री मोदीले ढल्केबर–मुजफ्फरपुर १ सय ३२ केभी प्रसारणलाइन संयुक्त रुपमा उदघाटन गरेका थिए ।

त्यस्तै अहिले रक्सौल–परवानीपुरको १ सय ३२ केभी प्रसारणलाइन पनि निर्माण सम्पन्न भइसकेको छ । जसबाट पनि ५० मेगावाटको विद्युत आयात गर्न सकिन्छ ।

 

 

 अहिले २ सय २० केभीको लागि निर्माण कार्य अघि बढेको र अगष्टसम्म यसको पनि निर्माण भैसक्ने नेपाल प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जनाए ।  
यी दुईबाट आयात हुने बिजुलीको मूल्य एक युनिटको ५.५ भारु पर्दछ । गत साउनसम्म १ सय ३२ केभी ट्रान्समिसन लाइनबाट आउने एक युनिट बिजुलीको मूल्य ५.६२ भारु पर्दथ्यो ।