बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कुमारी बैकका कर्मचारीको नर्भिकमा स्वास्थ परिक्षण

बिहिबार, भाद्र ८ २०७४

काठमाडौ भदौ, ८–
नर्भिक हष्पिटलमा कुुमारी बैकले आफ्ना कर्मचारीहरुको स्वास्थ जाँच सेवा सुुरु गरेको छ । नर्भिक हष्पिटलको सहयोगमा आफ्ना कर्मचारी तथा तिनका पारिवारिक सदस्यहरू तथा ग्राहक वर्र्गमा स्वास्थ्य जाँच कार्यक्रमको सुरुवात  गरेको बैकले बिज्ञप्ती मार्फत जानकारी दिएको छ । 
सहमतिअनुरुप सुरुवातमा कुमारी बैंकले पुतलीसडक शाखाका कर्मचारीहरू, तिनका पारिवारिक सदस्यहरू र आफ्ना ग्राहकमध्ये उपस्थित केही गरी करिब ५० जना भन्दा बढी सदस्यहरूको पुतलीसडक शाखामा बुधवार एक विशेष स्वास्थ्य जाँच शिविरको आयोजना गरेको छ । रोग रोकथाम एवम् रोग सुरुवाती अवस्थामै पत्ता लगाई आफ्ना कर्मचारी एवम् तिनका आफन्तको राम्रो स्वास्थ्य स्थितिको सुनिश्चितता गर्ने अभिप्रायले  उक्त शिविरको आयोजना गरिएको बैकले जानकारी दिएको छ ।
“स्वास्थ्य नै धन हो” र राम्रो स्वास्थ्ययुक्त मानव संशाधन सबै संघ संस्था एवम् समाजकै निमित्त अपरिहार्य विषय हो । सुरुवाती योजनाअनुसार मंगलबार परीक्षण गरिएका कर्मचारी एवम् अन्य व्यक्तिहरूका लागि कम्तिमा एक सातासम्मका लागि अति विशिष्ट छुटमा थप परीक्षण नर्भिकमा गराउन सक्नेछन् ।