बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

बलिउड अभिनेत्री मनिषा तराई–मधेसमा राहत वितरण गर्दै

बुधबार, भाद्र ७ २०७४

काठमाडौ भदौ, ७–
बलिउड अभिनेत्री मनिषा कोइरालाले तराई मधेसमा बाढी पीडितलाई भटाभट राहत बाँडिरहेकि छिन् । उनले रौतहट जिल्लाका विभिन्न स्थानका बाढी पीडित महिलाहरुलाई राहत बाँडिरहेकि छिन् । 
अभिनेत्री कोइराला यतिवेला रौतहटमा बाढीबाट प्रभावित भएका बस्तीमा  स्थानियलाई राहत बाँड्न व्यस्त छिन् । उनी यूएनएफपीएको गुडवील एम्बेसेडर समेत हुन् । 

अभिनेत्री कोइरालाले भनिन, “बाढीका बेलामा खासगरी किशोरी, तथा गर्भवती महिला तथा आमाहलाई विभिन्न समस्या आउन सक्छ ।”  उनले थपिन् , “घरवार बिहिन भएर खुल्ला स्थानमा बसिरहेका महिलाहरु जोखिममा पर्ने सम्भावना बढी हुन्छ । उनीहरुका लागी आवश्यक कपडा सहितको राहत प्याकेज हामीले बाँडेका छौं ।”

अभिनेत्री कोईरालाले उक्त केहि दिन पहिले आउको बाढी अहिलेसम्मकै डरलाग्दो र भयानक भएको बताईन् । उनले त्यस्तो बाढीबाट पीडित  परिवारलाई उचित रुपमा बसोबास गराउनु पर्ने, समुचित घरको व्यवस्थापन, बसोबास गरिरहेको टेण्टमा सुरक्षाको पूर्ण ग्यारेण्टी हुनु पर्ने तथा पर्याप्त रुपमा राहत प्याकेजको व्यवस्थापन हुनुपर्नेमा समेत जोड दिईन् ।  

बाढीबाट सबै भन्दा प्रभावित बस्तीहरुमा पुगेकि कोइरालाले पीडितहरुलाई  चाहिने अत्यावश्यक सामग्रीहरु यूएनएफपीएको मार्फत वितरण गरेको कोइरालाले बताइन् ।
 मनिषा सँगै यूएनएफपीएका कन्ट्री डाइरेक्टर जुलिया भेलेसी समेत रौतहट आएकी थिइन् ।