बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

देउवाले आज फेरि १५ राज्यमन्त्री थप्दै, अब मन्त्रिमण्डल ४९ सदस्यीय

मंगलबार, भाद्र ६ २०७४

काठमाडौं भदौ, ६–
प्रधानमन्त्री शेरबहादुर देउवाले  फेरि  मन्त्रिमण्डल विस्तार गर्दै छन् । मंगलबार विस्तार हुने  मन्त्रिमण्डलमा उनले  १५ जना राज्यमन्त्री थप गरेका हुन् । थपिएका राज्यमन्त्रीलाई आजै  पद तथा गोपनियताको शपथ गराइँदै छ ।

 आइतबार मात्रै माओवादीका ८ जना राज्यमन्त्री थपेका प्रधानमन्त्री देउवाले मंगलबार कांग्रेसबाट १२ र फोरम लोकतान्त्रिकबाट ३ जना राज्य मन्त्री थपेका छन् । 

प्रधानमन्त्री देउवाको नेतृत्वमा  गठन भएको मन्त्रिमण्डल मंगलबार विस्तार भएसँगै ४९ सदस्यीय भएको छ । मन्त्रिमण्डलमा ३  उपप्रधानमन्त्री सहित २६ मन्त्री र २३ राज्यमन्त्री छन् । 

आज  थपिएका राज्यमन्त्रीहरुमा कांग्रेसको तर्फबाट शेषनाथ अधिकारी, सीता गुरुङ, उदय शमशेर राणा, नरबहादुर चन्द, तप्तबहादुर विष्ट, अब्दुल रजाक, डिल्ली चौधरी, चम्पादेवी खड्का, दिलमान पाख्रिन, सरिता प्रसाईं, अमरसिंह पुन र तेजुलाल चौधरी छन् ।

यसैगरी फोरम लोकतान्त्रिकबाट राज्यमन्त्री हुनेमा जनकराज चौधरी, सुमित्रा थरुनी र यशोदा लामा छन् ।