बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

ज्योति बिकास बैंकको विशेष साधारणसभा सम्पन्न, राप्तीभेरी विकास बैंक ज्योतिमा विलय

मंगलबार, भाद्र ६ २०७४

काठमाडौं भदौ, ६–
ज्योति बिकास बैंकको विशेष साधारणसभा सम्पन्न भएको छ । भदौ ५ गते काठमाण्डौंमा सम्पन्न उक्त साधारण सभामा बाँके, बर्दिया र दाङ्गमा कार्यक्षेत्र रहेको  राप्तीभेरी विकास बैंकलाई ज्योति बिकास बैंकले प्राप्ति समेत गरेको छ । राप्तीभेरी विकास बैंकलाई प्राप्ती गर्ने उदेश्यलेनै सो विशेष साधारणसभा बोलाईएको बैंकले जनाएको छ ।  बैंक संचालक समितिका अध्यक्ष हरिचन्द्र खड्काले संचालक समितिको तर्फबाट सभामा  प्रतिवेदन पेश गरेका थिए । अध्यक्ष खड्काको  प्रतिवेदन माथि   विभिन्न शेयरधनीहरुले टिप्पणी समेत गरेका थिए ।   सभाले प्रतिवेदन सहित  विभिन्न समयमा जारी विनियमावलीका आधारमा ७ जना संचालक समिति रहने प्रावधान  स्वीकृत गरेको छ । त्यस्तै, ज्योति विकास बैंक लिमिटेडले राप्तीभेरी विकास बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गर्ने प्रयोजनका लागि सम्पत्ति तथा दायित्वको मुल्याङ्कनकर्ता लेखापरिक्षकबाट प्राप्त प्राप्ति गर्ने र विलय हुने संस्थाको चल÷अचल सम्पत्ति, दायित्व तथा कारोबारको मुल्याङ्कन प्रतिवेदन  तथा सो समेतको आधारमा संयुक्त प्राप्ति (एक्विजिसन) समितिबाट निर्धारण गरिएको शेयर आदान प्रदान अनुपात ९क्जबचभ क्धबउ च्बतष्य० १ः१ (एक अनुपात एक) लाई अन्तिम स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।  भुक्तानी गरिएको पारिश्रमिक अनुमोदन गर्ने तथा ज्योति विकास बैंक लिमिटेडले राप्तीभेरी विकास बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गर्ने सम्बन्धी सम्झौतापत्रको स्वीकृत गर्ने तथा प्राप्ति (एक्विजिसन) सम्बन्धी अन्य प्रकृया पुरा भएको हुँदा राप्तीभेरी विकास बैंकलाई प्राप्ति (एक्विजिसन) गर्न अन्तिम स्वीकृति प्रदान गर्ने समेत निर्णय विशेष साधारणसभाले गरेको बैंकले जनाएको छ ।  उक्त सभाले राप्तीभेरी विकास बैंक लिमिटेड प्राप्ति पश्चात प्राप्ति (एक्विजिसन) सम्बन्धी सम्झौता पत्र अनुसार ज्योति विकास बैंकको अधिकृत, जारी तथा चुक्ता पुँजी बृद्धि हुने हँुदा सो बमोजिम विकास बैंकको प्रबन्धपत्रमा आवश्यक संसोधन गर्न, हेरफेर गर्न र उपयुक्त ब्यबस्था गर्न संचालक समितिलाई अख्तियारी दिने सम्बन्धी प्रस्ताव पारित गर्ने र बैंकको प्रबन्धपत्रको दफा ५ मा उल्लेखित विकास बैंकको उद्देश्य प्राप्त गर्न गरिने कामहरुमा संलग्न अनुसार उपदफाहरु थप गर्ने गरी विकास बैंकको प्रवन्धपत्र संसोधन गर्ने निर्णय समेत पारित गरेको छ । 
आफ्ना ग्राहकको आवश्यकता र सुविधालाई ध्यानमा राखि बैंकले निःशुल्क ईन्टरनेट बैंकिङ्ग सेवा, मोबाइल बैंकिङ्ग सेवा, लकर सेवा, एटिएम सेवा, ३६५ दिने बैंकिङ्ग सेवा समेत उपलब्ध गराएको छ । साविक झिमरुक विकास बैंकसंग मर्जर गरी शाखा संजाल ३२ वटा तथा एउटा एक्स्टेन्सन काउन्टर एवं १४ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउदै आएको छ । राप्तीभेरी विकास बैंकलाई प्राप्ति गरे पश्चात थप ६ वटा शाखा बढने बैंकले बताएको छ  । नेपाल राष्ट्र बैंकबाट थप ५ वटा शाखा संचालनको लागि अनुमती प्राप्त भएको र प्रदेश स्तरमा समेत थप शाखा संचालन गर्न आवश्यक तयारी भैरहेको उक्त  सभामा जानकारी गराइएको थियो । बैंकले आ.व.७३÷७४ मा करिब १ लाख खाताबाट १० करोड ५१ लाख निक्षेप संकलन गर्न र ८ हजार ऋणी मार्फत ९ अर्व १३ करोड ऋण लगानी गर्न सफल भएको थियो ।  यस अवधिमा बैंकले २६ करोड १८ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको जानकारी गराईएको थियो ।