काठमाडौ भदौ, ५–
अग्रवाल सेक्युरिटिज सहित सात वटा ब्रोकर कम्पनी निलम्वनमा परेकाछन । नेप्सेमा अनुसार सोमबार नेपाल धितोपत्र बोर्डले दिएको निर्देशन अनुसार ति कम्पनीहरुलाई दोस्रो सुचना जारी नभएसम्मको लागि निलम्वन गरी कारोवार रोक्का गरिएको हो ।
निलम्वनमा पर्ने कम्पनीहरुमा नम्वर ६ को अग्रवाल सेक्युरिटिज प्रालि, ब्रोकर नम्वर ८ को आशुुतोष ब्रोकरेज एण्ड सेक्युरिटिज प्रालि, ब्रोकर नम्वर ५५ को भृकुुटी स्टक ब्रोकिङ कम्पनी, ब्रोकर नम्वर ४० को क्रियटिभ सेक्युुरिटिज प्रालि, ब्रोकर नम्वर ४४ डायनामिक मनी म्यानेर्जस सेक्युरिटिज प्रालि, ब्रोकर नम्वर २८ को श्री कृष्ण सेक्युरिटिज लिमिटेड र ब्रोकर नम्वर ४३ को साउथ एशियन बुल्स प्रालि रहेकाछन ।