बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

एक महिनाको तलव बाढीपीडितलाई दिने राष्ट्रपतिको निर्णय

सोमबार, भाद्र ५ २०७४

 काठमाडौं भदौ, ५–
राष्ट्रपति बिद्यादेवी भण्डारीले आफ्नो  एक महिनाको तलव  तराई मधेसका बाढीपीडितका लागि उपलब्ध गराउने भएकी छन् ।

मुलुकका अधिकांश क्षेत्रमा अविरल वर्षाका कारण आएको बाढीका र पहिरोले  ठूलो क्षति भएकाले ती क्षेत्रहरुमा राहत, उद्धार र पुनःस्थापनाका लागि राष्ट्रपतिको एक महिनाको तलव प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।