बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

डिआइजी भट्टराईको ‘आउट मनी’ आइजिपी पत्नीसम्म, महिला प्रहरी हातपातदेखि पम्प इन्चार्ज पनि कुटिए

सोमबार, भाद्र ५ २०७४

 

काठमाडौं भदौ, ५–
 सशस्त्र प्रहरीमा एक डिआइजी छन् जसको भाग्यमा सधै शक्ति र मोजमस्ती मात्रै छ । अख्तियारले डामेका आइजिपी कोषराज वन्तका पालामा ती डिआइजी थिए पोखरामा । उनको नाम हो जानकीराज भट्टराई । भारतले छ महिने नाकाबन्दी गर्दा तीन महिना वन्त नै थिए आइजिपी । त्यो बेला पेट्रोलियमको हाहाकार उस्तै थियो । पेट्रोलियमका माफियाहरुलाई इन्धन दिन डिआइजी जानकीराज भट्टराईले चरम दबाब दिने गर्थे । कतिसम्म भने सशस्त्र प्रहरीको हलचोकस्थित पेट्रोलपम्पका इन्चार्ज तथा इन्सपेक्टर उपेन्द्र बुढाथोकीलाई रक्सी खाएरै कुटपिट गरे । त्यो पनि रातको २ बजे । 
यति गरेपछि डिआइजी भट्टराई हेडक्वाटर तानिने अनुमान गरिएको थियो । तर त्यस्तो केही पनि भएन । उनलाई नसिहत भने दिइयो । तर पद र प्रतिष्ठा कायम रह्यो । कुरा यतिमै सकिँदैन । त्यो बेला प्रधानमन्त्री थिए केपी ओली । केपी ओलीका गाउँले भएका कारण पनि भट्टराईलाई आइजिपी वन्तले पनि केही गर्न सकेनन् । 
अहिले पनि डिआइजी भट्टराई पूर्वको बाहिनीपति भएर इटहरीको पगलीमा  बसिरहेका छन् । अहिले उनको काम भनेको एआइजी पुष्पराम केसीसँग मिलेर पैसा उठाउने, बाँडेर लिने र आइजिपी सिंहबहादुर श्रेष्ठकी पत्नी सरिता गुरुङलाई बुझाउने रहेको छ । 
ड्युटीमा रहेका इन्सपेक्टरलाई भकुरेपछि पनि सरुवामा नपरेका डिआइजी भट्टराई त्यसको केही महिनापछि नियमित सरुवामा परेर हेडक्वाटर तानिएका थिए । तर त्यो बसाई पनि उनले लामो समय खेप्नु परेन । अहिले उनी झापमा बाहिनीपति भएर सीमाका सिपाइहरुलाई पैशा असूल्न निर्देशन दिइरहेको सशस्त्र प्रहरी स्रोतले जानकारी दिएको छ ।
सधै नै मालदार निकायमा रहेका तर मार्न सफल भएका डिआइजी भट्टराईले आफ्नो क्षेत्रमा पर्ने जति सबै बोर्डर आउट पोस्ट (बिओपी)का अधिकृतहरुलाई पैसा पठाउन दबाब दिइरहेका छन् । बिओपीबाट आउने पैसा उनी केही हिस्सा पुष्पराम केसी र बाँकी आइजिपी पत्नी सरिता गुरुङ कहाँ पुरु्याउने गर्दछन् । 
आइजिपी पत्नीको काम नै अहिले सशस्त्रका भएजति निकायबाट कसरी पैसा उठाउने, कसलाई कहाँ सरुवा गरेर पैशा कमाउने भन्नेमा निहित भएको छ । 
यता उनी र पुष्पराम केसी सशस्त्रमा ३० वर्षे पदावधि नलगाउने भनेर दौडधुपमा पनि लागि परेका छन् । यदि ३० वर्षे लागू भएन भने उनीहरुको पदावधि बढ्छ । लागू भयो भने डिआइजी भट्टराई आउँदो चैत महिनमा घर जानेछन् । 
चैतमै घर जाने सम्भावना बढी भएका कारण उनले यहि मौकामा सकेजति कमाउने र बोरामा पैसा लिएर जान पाए शाखा दरसन्तानको काममा आउने अडकलबाजी गरेका हुन् । 
सधै विवाद र आलोचनामा परिरहने डिआइजी भट्टराई कुनै बेला सशस्त्रको कार्यदलमा थिए । एसपी हुँँदाको त्यो बखत उनी महिला प्रहरीलाई हातपात गरेको अभियोगमा पनि मुछिएका थिए । तर हुनु के थियो र फौजको आन्तरिक शासन बेग्लै हुन्छ । हातपातमा परेकी महिला प्रहरीले न्याय पाइनन् । बरु एसपीबाट एसएसपी हुँदौ भट्टराई डिआइजीमा बढुवा भए । 

प्रेसर उपेन्द्र बुढाथोकी, पेटोल पम्प । २ बजेराति रक्सी खाएर इन्चार्ज कुट्यो । सशस्त्र हलचोकमा मा । त्यो बेलामा उ पोखरामा थियो । यहाँ आएको बेला कुटेको । नाफाखोरलाइ पेटोल दिन दबाब । 
६ महिनामा ३ महिना वन्त नै थिए आइजिपी । वन्तैले कारबाही गरेर नसिहत दियो । तर उनलाई जानकी लाई फरक प।ेन । 
हेडक्वाटर तान्ने काम पनि भएन । 
जसको मुख्य कारण केपी को गाउँको । झापा । प्रम केपी थिए । जसकारण उनलार्य कसैले हल्लाउन सकन । 
त्यसपछि निष्यमिति सरुवा प्रणालीमा परेर हेड क्वाटर ल्याइयो । काबारही त्यो बेलामै हुनु पथ्यो । तर केपीका कारण भएन । 
्अहिले उनी ६ सात महिना हेड क्वारट बसेर पूर्वाञ्चल बाहिनीपति हुँदै मालदार ठाउँ झापामा । बाहिनीपति भएर बसेका छन् । 
पोखरामा पनि बाहिनी पति थिए । 
कार्यदलको एसपी हुँदा उनी महिला सिपालाइ हातपात गरेर पनि नसिहत खेपेका थिए । स्रोत । 
सोही ब्याचका डिआइजीहरुलौ पदस्थापना गर्न नसक्केको बेला आइजिपी सिंहबहादुर, एआइजी पुक्ष्पराम केसीलाई नजराना चढाउने सशर्तमा उनी मालदार पोस्टीग खाइरहेका छन । अरुको पालो आउने चानस छैन । 
पूर्वमा बिओपी बोर्डर आउट पोस्ट मा रहेका इन्सपेक्टरअहरुलाई झोली जाम्टा ओसार पसारमा । पैसा उठाउन लगाएर पुष्पराम केसीर्ला बुझाउने काम ह। 
केसीबाट आइजिपीकी श्रीमती सरिता गुरुगको हातमा पुर्याइन । 
पछिल्लो समसय पुष्प र जानकी प्रहरीमा ३० वषे हटाउन फाइला बोकेर मन्त्री नेताकाहा भेटभाट तिव्र बनेको छ । ३० वषे हटेमा अझ जागिर लम्बिने हुनाले सबै गुल्म र गणबाट सुरुमा बजेट दिने अनि खर्च कम गराउन लगाउने र सोही रहम फिर्ता माग्ने काममा पुष्प अग्र । 
३० वर्ष नहटेमा, आगामी डिआइजीको पाँच वषे सकेर चैत १६ मा भटराई घर जानेछन । अमृतबजार साप्ताहिकमा खबर छ ।