काठमाडौ भदौ ४
नेपाल बैंकमा १५ करोड रुपैयाँ घोटाला गर्ने ११ जना अभियुक्तहरु पक्राउ परेकाछन । केन्द्रिय अनुसन्धान व्युरो (सिआईबी) ले बैकिङ कसुरमा संलग्न ति व्यक्तिहरुलाई शुक्रबार धरानबाट पक्राउ गरेको हो ।
पक्राउ परेका अभियुुक्तहरुमा भोजपुर सिद्धेश्वरका ज्ञानेन्द्र पुरकुटी, सुनसरी धरानका संजित रसाइली, इटहरीका माधव रिसाल, धरानका सन्तोष रसाइली, सुनिल विक, प्रकाशपुरका लाल बहादुर विक, बैंककै धरान शाखाका तत्कालीन कर्मचारी होम बहादुर भट्टराई, सोही शाखाकै तत्कालीन सहायक शाखा प्रबन्धक राम किशोर मेहता, शंकर न्यौपाने, सानुबाबु श्रेष्ठ र पुष्पराज घिमिरे रहेका छन् ।
सिआईबीका अनुसार नेपाल बैंक लिमिटेड धरान शाखाबाट अनियमित एवं गैरकानुनी तवरले सुन कर्जा लिनेदिने कार्य गरी बैकलाई १५ करोड ५१ लाख ४३ हजार नौ सय पाँच रूपैयाँ ५७ पैसा हानी नोक्सानी र्पुयाएको अभियोग रहेको छ । उनीहरूलाई इलाका प्रहरी कार्यालय, धरानमार्फत उच्च अदालत विराटनगरबाट सात दिनको म्याद थप भई बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम अनुसन्धान जारी रहेको छ ।