बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेप्से सुचक तथा कारोवार रकम दुुबैमा उच्च गिरावट

आइतबार, भाद्र ४ २०७४

 
काठमाडौ भदौ ४
आज नेप्से सुचक तथा कारोवार रकम दुुबैमा उच्च अंकले गिरावट आएको छ । नेप्से ११ दसमलव ७८ अंकले घटेर १६ सय १७ दसमलव ९७ बिन्दुुमा झरेको छ भने सेन्सिटिभ दुुई दसमलव ३६ अंकले घटेर तीन सय ३९ दसमलव ९८ बिन्दुुमा झरेको छ । एक सय ५९ कम्पनीहरुको सात हजार दुुई सय ८६ वटा कारोवारमा ४६ लाख ७८ हजार छ सय ४४ कित्ता सेयर खरिद बिक्री हुुंदा कारोवार रकम ७९ करोड ४६ लाख ८२ हजार छ सय ५८ रुपैयाँ पुुगेको छ । 
आठ वटा समुहको कारोवार भएकोमा होटल बाहेक सबै समुहको कारोवार सुचकमा गिरावट आएको छ । बाँणिज्य बैक समुहको सुचक १२ दसमलव दुुई अंकले घटेर १४ सय चार दसमलव ४० अंकमा पुुगेकोमा २८ करोड ५९ लाख ३० हजार रुपैयाँको सेयर किनबेच भएको छ । बीमा समुहको सुचक ३९ दसमलव ७४ अंकले घटेर नौ हजार दुुई सय दुुई दसमलव २४ अंकमा पुुगेकोमा १५ करोड २० लाख ७७ हजार रुपैयाँको सेयर किनबेच भएको छ । बिकास बैक समुहको सुचक पनि १४ दसमलव ८५ अंकले घटेर दुुई हजार १४ दसमलव ६६ अंकमा पुुगेकोमा २० करोड ३० लाख चार हजार रुपैयाँको सेयर किनबेच भएको छ । 
जलबिद्युुत, फाईनान्स, उत्पादनमुुलक र अन्य समुहको सुचक पनि आज घटेकाछन । होटल समुहको सुचकमा भने आज चार दसमलव २१ अंकले सुधार आएको छ । आज कमाउने र गुुमाउने कम्पनीहरु यस्ता रहेकाछन । 
कमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा) 
क्रस कम्पनीको नाम आजको कारोवार मुल्य आजको बढेको सेयर मुल्य 
१ स्वरोजगार लघुबित्त बिकास बैक २१०६ ९.९७
२ सिर्जना फाईनान्स ५३२ ७.२६
३ लक्ष्मी बैंक ३५५ ५.९७
४ सप्तकोशी डेभलपमेन्ट बैंक १९५ ४.२८
५ महिला सहयात्रा बित्तीय संस्था ११८३ ३.७७
गुुमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा) 
क्रस कम्पनीको नाम आजको कारोवार मुल्य आजको घटेको सेयर मुल्य 
१ हिमालयन डिष्ट्रिलरी प्राली १३६५ ९.९२
२ वल्र्ड मर्चेन्ट फाईनान्स १४९ ९.१४
३ रिडी हाईड्रो पावर कम्पनी १७१ ७.०६
४ ग्रिन डेभलपमेन्ट बैंक ५६१ ५.५५
५ साँग्रिला डेभलपमेन्ट बैंक ३८३ ४.२५