काठमाडौं भदौ, २–
महान्यायाधिवक्तामा नियुक्त बसन्तराम भण्डारीले पद तथा गोपनियताको सपथ लिएका छन् । शुक्रबार शितल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले भण्डारी सपथ ग्रहण गराएकी हुन् । सपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधान्यायाधीश गोपाल पराजुली लगायतको उपस्थिति थियो ।
गत बुधबार सरकारले वरिष्ठ अधिवक्ता भण्डारीलाई महान्यायाधिवक्ता नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । भण्डारीले आजै कार्यभार सम्हाल्ने तयारी गरेका छन् ।