बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सिटिजन्स बैकले १७ प्रतिसत लाभांस दिने

शुक्रबार, भाद्र २ २०७४

काठमाडौ भदौ, २–
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले १६ प्रतिसत बोनस सेयर बितरण गर्ने घोषणा गरेको छ । बैकले गत आर्थिक बर्षको खुुद मुनाफा मध्येबाट कर प्रयोजनको लागि एक प्रतिसत नगद लाभांस समेत बितरण गर्ने घोषणा गरेको छ । 
बैक सञ्चालक समितीको बुधबार सम्पन्न दुुई सय ५२ औं बैठकले गरेको लाभांस बितरण सम्वन्धी निर्णय नेपाल राष्ट्र बैकको स्वीकृती एवं बैकको आगामी बार्षिक साधारण सभाबाट पारित भएपछि कार्यान्वनयमा आउने छ । हाल छ अर्ब ९२ करोड रुपैयाँको हाराहारीमा चुक्ता पुंजी रहेको बैकको बोनस सेयर बितरण पश्चात भने चुक्ता पुंजी आठ अर्ब दुुई करोड रुपैयाँ पुुग्ने छ ।