बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

दिउँसो रिंगरोडमा मालबाहक सवारी चलाउन प्रतिवन्ध

बिहिबार, भाद्र १ २०७४

काठमाडौं भदौ, १–
आजदेखि सरकारले सबै मालबाहक सवारी साधनलाई काठमाडौंको रिंगरोडमा गुड्न प्रतिवन्ध लगाएको छ । बिहीबारबाट  लागु हुनेगरी सरकारले  ट्रक, मिनी ट्रक, टिप्पर लगायतका मालबाहक सवारी साधनलाई  रिंगरोडमा गुड्न प्रतिवन्ध लगाएको हो । 

रिंगरोडमा विहान ८ बजेदेखि बेलुकी ७ बजेसम्म  मालबाहक सवारी चल्न रोक लगाइएको यातायात ब्यवस्था विभागले जनाएको छ । विभागका प्रवक्ता टोकराज पाण्डेका अनुसार  पेट्रोल, ग्यास, पानी लगायत अत्यावश्यक सेवाका सवारीका हकमा भने यो निर्णय लागू हुदैन । उक्त निर्णय ट्राफिक महाशाखा  प्रमुख सर्वेन्द्र खनाल र यातायात विभागका  महानिर्देशक रुपनारायण भट्टराई सहितका उच्च अधिकारीको पहलमा गत साता भएको थियो । उपत्यकामा भित्रिने मालबाहक सवारीका लागि विभिन्न नाकामा पार्किङस्थल तोकिएको छ ।  अब तोकिएको अवधिभन्दा अघि आउने सवारीले सो पार्किङ काटेर काठमाडौंतर्फ आउन पाउने छैनन् । यदि यो नियम उल्लंघन गरे ५ हजारसम्म जरिवाना लाग्नेछ ।