बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

१५ बर्षपछि विद्युत प्राधिकरण नाफामा, अझै पनि घाटा भने कायमै

बिहिबार, भाद्र १ २०७४

काठमाडौं भदौ, १–
सँधै घाटामा चल्दै आएको नेपाल विद्युत प्राधिकरण १५ वर्षपछि सञ्चालन मुनाफामा गएको छ । गएको एक बर्षमा नेपाल विद्युत प्राधिकरणले कुलमान घिसिङको नेतृत्व पाएपछि धेरै कुरामा परिवर्तनको महसूस गर्दै आएको छ । जब, घिसिङले प्राधिकरणको नेतृत्व सम्हाले उनले सबैभन्दा पहिले लामो समयदेखि नागरिकले भोग्दै आएको लोडसेडिङ अन्त्य गर्न सफल भए । नयाँ नेतृत्वले नयाँ ढंगबाट विजुलीको ब्यवस्थापन र चुहावट नियन्त्रण गर्दै काम गरेपछि प्राधिकरण १५ वर्षपछि सञ्चालन नाफामा फर्किएको हो ।  

विगत १५ बर्षदेखि निरन्तर घाटामा रहदै आएको  विद्युत प्राधिकरण   यद्यपि, अझै पनि  खुद घाटाबाट बाहिर निस्किन सकेको छैन । 
प्राधिकरणले गत आर्थिक वर्ष ०७३÷७४मा दुई अर्ब ४० करोड ७३ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको हो । प्राधिकरण आर्थिक वर्ष ०७२÷७३मा तीन अर्ब ६ करोड ३९ लाख रुपैयाँ सञ्चालन नोक्सानीमा थियो ।
प्राधिकरणको खूद नोक्सानी पनि एक अर्बभन्दा कम भएको छ । आव ०७२÷७३मा ८ अर्ब ८९ करोट खूद घाटामा रहेको प्राधिकरणको नाफा आव ०७३÷७४मा उलेख्खरुपमा घटेर ९७ करोड ८९ लाख रुपैयाँमा सीमित हुन पुगेको छ ।

प्राधिकरणले नयाँ नेतृत्व पाएसँगै विद्युत चुहावट नूनीकरण, आयातित विद्युतको औसत खरिद दरमा कमी, विद्युत महसुलमा समायोजन, प्रमुख शहरमा नियमित विद्युत आपूर्ति र आशिंकरुपमा भएको वित्तीय पुर्नसंरचना लगायतका संस्थागत सुधारले खुद नोक्सानी न्यून गर्न सकिएको प्राधिकरणले जनाएको छ । 

अघिल्लो आवमा विद्युत बिक्री तथा अन्य आम्दानीबाट ३५ अर्ब सात करोड ३५ लाख आम्दानी गरेको प्राधिकरणले गत आबमा बढाएर ५० अर्ब २२ करोड ९४ लाख रुपैयाँ पुर्‍याएको छ । प्राधिकरणको अघिल्लो वर्षको तुलनामा प्राधिकरणको समग्र आम्दानी करिव ४३.२१ प्रतिशतले बढेको छ ।

प्राधिकरणले गत आर्थिक वर्षमा निजी जलविद्युत उत्पादक र भारतसँग ४५ अर्ब ५७ करोड २० लाख रुपैयाँको खरिद गरेको छ । यो अघिल्लो वर्षको तुलनामा २६.२८ प्रतिशतले बृद्धि भएको हो ।
विद्युत उत्पादन, प्रसारण र वितरणको एकाधिकारप्राप्त पूर्ण सरकारी स्वामित्वको नेपाल विद्युत प्राधिकरण १५ वर्षपछि सञ्चालन मुनाफामा गएको हो।