काठमाडौ साउन ३२
नेप्सेमा आज सुधार आएको छ । आज नेप्से तीन दसमलव पाँच अंकले बढेर १६ सय ३२ दसमलव ६६ अंकमा पुुगेको छ भने सेन्सिटिभ शुन्य दसमलव ९३ अंंकले बढेर तीन सय ४२ दसमलव ८५ अंंकमा पुुगेको छ । एक सय ५८ कम्पनीहरुको छ हजार पाँच सय ८३ वटा कारोवारमा १६ लाख ४२ हजार ४३ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम ७० करोड ८७ लाख ७९ हजार ५३ रुपैयाँ पुुगेको छ ।
कुल आठ वटा समुहको कारोवार भएकोमा पाँच वटा समुहको कारोवारमा सुधार देखिएको छ भने तीन वटा समुहको कारोवार घटेको छ । बीमा समुहको सुचक ७५ दसमलव ७८ अंंकले बढेर नौ हजार दुुई सय ८० दसमलव १३ बिन्दुुमा चढेकोमा १४ करोड २० लाख ८५ हजार रुपैयाँको सेयर किनबेच भएको छ । बाँणिज्य बैक समुहको सुचक दुुई दसमलव ९६ अंकले बढेर १४ सय १६ दसमलव आठ बिन्दुमा चढेकोमा २२ करोड १३ लाख २६ हजार रुपैयाँको सेयर किनबेच भएको छ । बिकास बैक समुहको सुचक पनि तीन दसमलव दुुई अंंकले बढेर दुुई हजार ३४ दसमलव ५६ बिन्दुुमा चढेकोमा १८ करोड ९८ लाख ८५ हजार रुपैयाँको सेयर किनबेच भएको छ । होटल र अन्य समुहको सुचक पनि आज बढेको छ ।
जलबिद्युुत समुहको सुचक भने आठ दसमलव ५५ अंकले घटेर १८ सय ६२ दसमलव ३७ बिन्दुुमा झरेकोमा छ करोड ६५ लाख १३ हजार तीन सय रुपैयाँको सेयर किनबेच भएको छ । यसैगरी फाईनान्स र उत्पादनमुुलक समुहको सुचक पनि आज घटेको छ । आज कमाउने र गुुमाउने कम्पनीहरु यस्ता रहेकाछन ।
कमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस कम्पनीको नाम आजको कारोवार मुल्य आजको बढेको सेयर मुल्य
१ हाम्रो बिकास बैक २३६ ५.३३
२ कालिका माईक्रो क्रेडिट डे. बैक २२६८ ५.१५
३ नयाँ नेपाल लघुबित्त संस्था २७८५ ५.०९
४ एनआईबी समृद्धि फन्ड—१ १३.३५ ३.९७
५ नेपाल कम्युनिटी डे. बैंक ३२३ ३.८६
गुुमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस कम्पनीको नाम आजको कारोवार मुल्य आजको घटेको सेयर मुल्य
१ हिमालयन डिष्ट्रिलरी प्रालि १६७० ९.९७
२ लक्ष्मी भ्यालुु फन्ड—१ ११.०५ ५.५४
३ कुवेर मर्चेन्ट फाईनान्स २१८ ५.२१
४ नेशनल हाईड्रो पावर कम्पनी १५८ ४.२४
५ महालक्ष्मी बिकास बैंक २५३ ४.१६