काठमाडौं साउन, ३२–
नयाँ शक्ति पार्टीले माओवादी केन्द्रमा प्रवेशको तयारी गरिरहेका दुई नेतालाई पार्टीबाट निश्काशन गरेको छ । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीले नेताहरु रामचन्द्र झा र रामकुमार शर्मालाइ निश्काशन गरेको हो ।
नयाँ शक्तिले उनीहरुलाई पार्टीका सबै जिम्मेवारीबाट मुक्त गर्दै निस्काशन गरेको जनाएको हो ।
यसअघि झा र शर्मालाई पार्टीले स्पष्टिकरण सोधेको थियो । उनीहरुले स्पष्टिकरण समेत नदिएपछि पार्टीको संघीय परिषद सदस्य लगायतका सबै जिम्मेवारीबाट हटाइएको नयाँ शक्तिले जनाएको छ ।