बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

‘मिस टिन अफ दि इयर’को उपाधि क्रिस्टिनलार्इ

मंगलबार, साउन ३१ २०७४

काठमाडौं साउन, ३१–
 काठमाण्डौमा आयोजना भएको यस बर्षको  ‘मिस टिन अफ दि इयर’को उपाधि चितवनकी क्रिस्टिन पौडेलले जितेकी छिन्  ।   पौडेलले प्रतिस्पर्धामा सहभागि अन्य प्रतिस्पर्धीलाइ पछि पार्दै  उपाधिसहित ‘मिस फोटोजेनिक र वेष्ट स्पिच’को विधाको टाइटल समेत आफ्नो पोल्टामा पार्न सफल भएकि हुन् । 

उपाधि जिते लगत्तै उनले यो ताजलाई आफ्नो करिअर अगाडि बढाउने हतियारको रुपमा प्रयोग गर्ने उनको भनाई छ ।   मोडलिङ र अभियनमा रुची भएकाले पनि करिअरलाई उक्त  क्षेत्रमा लैजानेमा उनको जोड थियो । 

रिवन इन्टरटेन्मेन्टले आयोजना गरेको यो प्रतियोगीतामा सिसम भट्टराइ फस्ट रनरअप, प्रभा टन्डन सेकेन्ड रनरअप र प्रभा पाण्डे थर्ड रनरअप बन्न सफल भए । 

उक्त प्रतियोगितामा दिनेश शर्मा, आयुष रिजाल, अनु शाह, सूर्य चन्द, सरोज प्याकुरेल मुल्यांकनकर्ताको रुपमा रहेका थिए ।