बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

एनआईसी एशिया क्यापिटल र आरम्भ माईक्रो फाईनान्सबिच सम्झौता

मंगलबार, साउन ३१ २०७४

काठमाडौ साउन, ३१–
एनआईसी एशिया क्यापिटल र आरम्भ माईक्रो फाईनान्स बित्तीय संस्थाबिच सम्झौता भएको छ । दुुबै संस्थाका प्रमुुखहरुबिच धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको कार्य गर्ने बिषयमा सम्झौता भएको हो । 
सम्झौता अुनसार आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाले प्रति शेयर एक सय रुपैयाँ अंकित दरको दुुई करोड ९४ लाख रुपैयाँ बराबरको दुुई लाख ९४ हजार कित्ता साधारण शेयरहरु सर्वसाधारणहरुमा (कर्मचारी समेत) निष्काशन गर्नको लागि एन आई सी एशिया क्यापिटल धितोपत्र निष्काशन तथा बिक्रीप्रबन्धकमा नियुक्त गरेको छ । आज दुुबै संस्थाका प्रमुुखहरुबिच आज मंगलबार भएकोमा संस्झौतामा आरम्भ माइक्रोफाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विनोद आचार्य र एन आई सी एसिया क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालले हस्ताक्षर गरेकाछन । आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडकोे जारी पूँजीमध्ये साधारण शेयर सर्वसाधारणहरु र कर्मचारीहरुमा एन आई सी एशिया क्यापिटल मार्फत निष्काशन गर्नलागेको हो । 
नेपाल राष्ट्र बैंकबाट “घ“ वर्गको इजाजत प्राप्त आरम्भको  मुख्यालय बनेपा १०, काभ्रेपलाञ्चोकमा रहेको र सो संस्था नेपालका १५ पहाडी जिल्लामा कार्र्यक्षेत्र तय गरि विपन्न वर्गको आर्थिक उत्थान गर्ने कार्यमा विगत दुुई वर्ष देखि सक्रिय रहदै आएको छ ।
निष्काशन तथा विक्रीप्रबन्धक संगै एन आई सी एशिया क्यापिटलले पुंजी बजारमा लगानीकर्ताहरु माझ लोकप्रिय बन्दै गएको लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), निक्षेप सदस्य (डीपी) सेवा, लगानी परामर्श सेवा प्रदान गर्दै आइरहेको छ । हालै एन आई सी एशिया क्यापिटलले निः शूल्क डीम्याट खाता साथै प्रथम वर्षको डीम्याट खाता संचालन शुल्क पूर्णरुमा नलाग्ने व्यवस्था गरेको छ ।