बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

गृहमन्त्रालयले गर्यो राहत संकलन संयोजन समिति गठन

सोमबार, साउन ३० २०७४

काठमाडौं साउन, ३०–
गृह मन्त्रालयले बाढी पहिरो प्रभावित क्षेत्रहरुमा थप राहत प्रदान गर्न एक समिति गठन गरेको छ ।  मन्त्रालयले  सहसचिव केदार न्यौपाने लाई राहत संकलन संयोजन समितिको संयोजक तोकेको हो ।  
राहत सामाग्री त्रिपाल, भाँडाकुँडा, खाद्यन्न दाल, चामल, नुन, तेल, ड्राइफुड लगायत नयाँ लत्ताकपडा उपलव्ध गराउन इच्छुक निजी कम्पनी, सामुदायिक संघ संस्था तथा व्यक्तिहरुले राहत संकलन संयोजन समितिका संयोजकसंग समन्वय गरी राहत हस्तान्तरण गर्न सक्ने मन्त्रालयले जनाएको छ ।  काठमाडौंको  थापाथलीमा रहेको नेपाल खाद्य संस्थानको गोदाम घर वा विश्व खाद्य कार्यक्रम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गोदामघरमा पुगेर  राहत हस्तान्तरण गर्न सकिने मन्त्रालयको भनाई छ । 
आईतबार  गृहमन्त्री जनार्दन शर्माले पश्चिम र पुर्वका केही बाढी प्रभावित क्षेत्रका जनतालाई भेटेपछि व्यवस्थापन कार्य तिव्र पार्न सो समिती गठन गरिएको हो । प्रधानमन्त्रीसँगै गृहमन्त्रीसहितको टोली आज मध्य तथा पुर्वी प्रभावित क्षेत्रको निरीक्षणमा निस्केको छ । गृहमन्त्रालयले सहयोग गर्न चाहनेलाई अवाश्यक सम्पर्क गर्नुपरेमा सहसचिव न्यौपाने–सम्पर्क नं ९८५११४००११० मा सम्पर्क गर्न आग्रह गरेको छ ।