काठमाडौं साउन, ३०–
मंगलबारदेखि नेपाल राष्ट्र बैंकले पाँच रुपैयाँ दरका नयाँ नोट बजारमा ल्याउने भएको छ । केन्द्रीय बैंकले मंगलबारदेखि चलनचल्तिमा ल्याउन लागेको पाँच रुपैयाँको नोट परिमार्जन गरिएको जनाएको छ ।
राष्ट्र बैंकले ल्याउन लागेको नयाँ नोटमा यसअघि रहेको तलेजु भवानी मन्दिरको ठाउँमा काष्ठमण्डप मन्दिर, साविक याकको ठाउँमा वन्य याक र सर्वोच्च शिखर सगरमाथा रहेको स्थानमा हुम्लाको लिमि हिमाल चित्र रहने राष्ट्र बैंकको भनाई छ ।
साथै नोटको दायाँतर्फ लालिगुराँशको पानीछाप समेत रहने छ ।