बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

पहिलो दिन नै लगानीकर्ता निराश, ११ अंकले बजार घट्दा ८० करोडको सेयर किनबेच

आइतबार, साउन २९ २०७४

 
काठमाडौ साउन, २९–
साताको पहिलो कारोवार दिन नै लगानीकर्ताहरु निरास भएकाछन । आज नेप्से सुचक तथा कारोवार रकम दुुबै नै उच्च अंंकले घट्दा लगानीकर्ताहरु निराश देखिएका हुुन । आज नेप्से ११ दसमलव चार अंकले घटेर १६ सय ४२ दसमलव १३ बिन्दुुमा झरेको छ भने सेन्सिटिभ दुुई दसमलव ४४ अंकले घटेर तीन सय ४४ दसमलव ५९ बिन्दुमा झरेको छ । एक सय ६० कम्पनीहरुको सात हजार पाँच सय ८१ वटा कारोवारमा १९ लाख ६० हजार छ सय ११ कित्ता सेयर खरिद बिक्री भएकाछन भने कारोवार रकम ८० करोड १८ लाख ३२ हजार १६ रुपैयाँ पुुगेको छ । 
कुुल आठ वटा समुहको कारोवार भएकोमा दुुई वटा समुहको सुचक सुचक बढेपनि बाँकी समुहको सुचक घटेको छ । बीमा समुहको सुचक एक सय चार दसमलव ३७ अंकले घटेर नौ हजार दुुई सय ९३ दसमलव ११ अंकमा पुुगेकोमा १७ करोड ४६ लाख १२ हजार रुपैयाँको सेयर किनबेच भएको छ । बाँणिज्य बैक समुहको सुचक नौ दसमलव १६ अंकले घटेर १४ सय २३ दसमलव ९८ अंंकमा पुुगेकोमा २७ करोड ९४ लख ४० हजार रुपैयाँको सेयर किनबेच भएको छ । बिकास बैक समुहको सुचक पनि १८ दसमलव ५१ अंकले घटेर दुुई हजार ४५ दसमलव १० अंकमा झरेकोमा १५ करोड ३६ लाख ७१ हजार रुपैयाँको सेयर किनबेच भएको छ । जलबिद्युुत, होटल र अन्य समुहको सुचक पनि आज घटेको छ । 
आज फाईनान्स समुहको सुचक आठ दसमलव ५४ अंकले बढेर आठ सय ३१ दसमलव पाँच अंकमा पुुगेकोमा दुुई करोड ९९ लाख ३४ हजार चार सय रुपैयाँको सेयर किनबेच भएको छ भने उत्पादनमुुलक समुहको सुचक सामान्य अंकले बढेको छ । आज कमाउने र गुुमाउने कम्पनीहरु यस्ता रहेकाछन । 
कमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा) 
क्रस कम्पनीको नाम आजको कारोवार मुल्य आजको बढेको सेयर मुल्य 
१ महालक्ष्मी बिकास बैंक २४० ९.५९
२ अरुण फाईनान्स १९५ ५.९८
३ नेशनल हाईड्रो पावर कम्पनी १६३ ५.८४
४ सुुर्योदय लघुबित्त बित्तीय संस्था ७६१ ४.९७
५ गोर्खाज फाईनान्स २०५ ४.०६
गुुमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा) 
क्रस कम्पनीको नाम आजको कारोवार भएको मुल्य आजको घटेको मुल्य 
१ ललितपुर फाईनान्स १८० १०
२ ग्रिन डेभलपमेन्ट बैंक ६०१ ९.८९
३ हाम्रो बिकास बैंक २३२ ९.७२
४ चिलिमे हाईड्रो पावर २४३ ६.५३
५ सिर्नर्जी फाईनान्स १५३