काठमाडौ साउन, २९–
हिमालयन बैकले आर्थिक बर्ष २०७३—०७४ को चौथौ त्रैमासिक अवधिमा दुुई अर्ब १७ करोड ६४ लाख ८७ हजार रुपैयाँ खुुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैकले एक अर्ब ८३ करोड ५९ लाख सात हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
चुक्ता पुंजी छ अर्ब ४९ करोड १६ लाख २४ हजार रुपैयाँ रहेको बैकले आर्थिक बर्ष २०७३—०७४ को चौंथौ त्रैमासिक अवधिमा ९२ अर्ब ८८ करोड ११ लाख १४ हजार रुपैयाँ निक्षेप संंकलन गरी ७७ अर्ब ६५ करोड ४९ लाख ७४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । घरजग्गा क्षेत्रमा तीन अर्ब ४८ करोड १७ लाख १७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको बैकले सो अवधिमा तीन अर्ब ७६ करोड ३४ लाख आठ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । प्रोभिजन रकम ८१ करोड ७३ लाख २७ हजार रुपैयाँ रहेको बैकले सो अवधिमा राईट व्याक मार्फत ९१ करोड ५२ लाख ५७ हजार रुपैयाँ प्राप्त गरेको छ भने निष्क्रिय कर्जाको अनुुपात शुन्य दसमलव ८७ प्रतिसत रहेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले ८७ अर्ब ३३ करोड ५७ लाख ८६ हजार रुपैयाँ निक्षेप संकलन गरी ६७ अर्ब ७४ करोड ५९ लाख ७९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।