काठमाडौ साउन, २९–
आर्थिक बर्ष २०७३—०७४ को चौथौ त्रैमासिक अवधिमा नेपाल बंगलादेश बैकले एक अर्ब २० करोड तीन लाख ८२ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले एक अर्ब १९ करोड ८२ लाख ९८ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो ।
हाल चुक्ता पुंजी सात अर्ब २१ करोड ९० लाख ५९ हजार रुपैयाँ रहेको बैकले २०७४ को असार मसान्तसम्ममा ४३ अर्ब ७१ करोड ३१ लाख ९४ हजार रुपैयाँ निक्षेप संकलन गरी ३७ अर्ब ४६ करोड ९३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । खुुद व्याज आम्दानी एक अर्ब ५२ करोड ४६ लाख नौ हजार रुपैयाँ रहेको बैकको प्रोभिजन रकम तीन करोड ९९ लाख तीन हजार रुपैयाँ प्रोभिजन गरेको थियो भने निष्क्रिय कर्जाको अनुुपात शुन्य दसमलव ७६ प्रतिसत रहेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले ३९ अर्ब ८७ करोड ५२ लाख ३४ हजार रुपैयाँ निक्षेप संकलन गरी ३२ अर्ब ५२ करोड ८३ लाख २५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।