काठमाडौ साउन, २९
बैक अफ काठमाण्डुले सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । बैकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत साउन २२ गते अत्तरिया, २३ गते टिकापुर, २४ गते कोहलपुर, २५ गते तुलसीपुर र २६ गते बर्दघाट शहरहरुमा सरसफाई कार्यक्रम आयोजना गरेको थियो । उक्त सरसफाई कार्यक्रमको नेतृत्व बैंकका ब्राण्ड एम्बेसेडर प्रसिद्ध हास्यकलाकार सिताराम कट्टेल (धुर्मुस) ले गरेको बैकले जानकारी दिएको छ । उक्त सरसफाई कार्यक्रममा प्रतिष्ठित व्यक्तिहरु सहित स्थानीय जनताको सहभागिता थियो ।
सरसफाई कार्यक्रम पश्चात मेरी बास्सैका हास्यकलाकारहरु धुर्मुस, चम्सुरी र दाह्री बुढोले आफ्नो मनोरञ्जनात्मक कला प्रदर्शन गर्नु गरेका थिए । सरसफाईमा भाग लिन र मनोरञ्जनात्मक कार्यक्रम अवलोकन गर्न पाएकोमा स्थानीय जनताले प्रसन्नता व्यक्त गरेका थिए ।