बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

ओलीलाई किन भेटिनन् सुष्माले ?

शनिबार, साउन २८ २०७४

साउन २८, काठमाडौँ – भारतीय विदेशमन्त्री सुष्मा स्वराजले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नभेटी स्वदेश फर्किएकी छन् ।

स्वराजले सत्तारुढ दलका शीर्ष नेता र मधेसकेन्द्रित दलका नेता हरुसँग भेटवार्ता गरेर फिरेकी छन् ।

कूटनीतिक भ्रमणमा राजनीतिक भेटघाट हुँदा प्रमुख प्रतिपक्ष दलको नेता प्राय छुट्दैनन् । स्वपराज विमस्टेकको १५ औं मन्त्रीस्तरीय बैठकमा सहभागी हुन काठामाडौं आएकी थिइन् ।

अध्यक्ष ओलीले शुक्रबार पोखरामा कार्यक्रम रहेकाले आफू व्यस्त रहेको सन्देश दिएपछि भेटवार्ता नभएको कूटनीतिक स्रोतले बताएको खबर आजको कान्तिपुरमा छ ।