साउन २४, काठमाडौँ – यथार्थ मौसमी सूचना अद्यावधिक गर्ने सरोकारवाला निकाय र सर्वसाधारणलाई सम्प्रेषण गर्न अब नेपाली आकाशमा बेलुन उड्ने भएको खबर आजको नेपाल समाचारपत्रमा छ ।
वायुमण्डलबाट पनि मौसमी सूचना अद्यावधिक गर्न विशेष प्रकारको बेलुन उडाउने तयारी गरिएको हो ।
रेडियोसोन्ड जडान गरिएको बेलुनले आगामी तीन महिना पछि वायुमण्डलबाट मौसमी ततिविधि नियाल्ने जनाएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
त्रिवि परिसर किर्तिपुरको रेडियोसोन्स स्टेसनबाट उडाइने बेलुनले अधिकतम ३० किलोमिटर उचाइसम्मको मौसमी सूचना संकलन गर्न सघाउ पुर्याउने विभागका अधिकारीहरुले जनाएका छन् ।