बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

जिल्ला समन्वय समिति सुर्खेतमा काँग्रेस विजयी

सोमबार, साउन २३ २०७४

साउन २३, सुर्खेत – जिल्ला समन्वय समिति सुर्खेतमा नेपाली काँग्रेसको समूह विजयी भएका छन् । 

समितिको नौ सदस्यीय पदका लागि आज भएको निर्वाचनमा प्रमुखमा छविलाल सिग्देल र उपप्रमुखमा देवी भट्टराई विजयी भएका हुन् । 

दलित सदस्यमा पुसे कामी, महिला सदस्यमा बालकुमारी पुन, रमा विसी, पुर्णा चालिसे तथा खुला सदस्यमा वीरसिंह घर्ती, वासुदेव शर्मा र तीर्थ रावत विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

नौ स्थानीय तह रहेको सुर्खेतमा काँग्रेसका ११ र एमालेका सात मतदाताले मतदान गरेका थिए ।