बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सिन्धुु बिकास बैकको नाफा तीन करोड ७२ लाख

सोमबार, साउन २३ २०७४

काठमाडौ साउन २३
सिन्धुु बिकास बैकले आर्थिक बर्ष २०७३—०७४ को चौंथौ त्रैमासिक अवधिमा तीन करोड  ७२ लाख ३७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैकको यस्तो मुनाफा दुुई करोड ७२ लाख २४ हजार रुपैयाँ रहेको थियो । 
चुक्ता पुंजी २६ करोड २१ लाख ९२ हजार रुपैयाँ रहेको बैकले आव २०७३—०७४ को चौंथौ त्रैमासिक अवधिमा एक अर्ब ९० करोड ५६ लाख पाँच हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ३९ करोड ७९ लाख २१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । घरजग्गा क्षेत्रमा २६ करोड २३ लाख ५१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको बैकले सो अवधिम नौ करोड ९९ लाख ७९ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । प्रोभिजन रकम ७४ लाख ४६ हजार रुपैयाँ रहेको बैकमा शुन्य दसमलव ८४ प्रतिसत कर्जा निष्क्रिय रहेको छ ।