काठमाडौ साउन २२
कर्णाली डेभलपमेन्ट बैंकले आर्थिक बर्ष २०७३—०७४ मा एक करोड ३१ लाख ४६ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले एक करोड ४१ लाख ५५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
चुक्ता पुंजी १५ करोड १० लाख रुपैयाँ रहेको बैंकले आव २०७३—०७४ को चौथौ त्रैमासिक अवधिमा दुुई अर्ब १८ लाख १४ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब तीन करोड ९२ लाख २२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । खुुद व्याज आम्दानी सात करोड नौ लाख १५ हजार रुपैयाँ रहेको बैंकको प्रोभिजन रकम २४ लाख ३२ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुुपात दुुई दसमलव २७ प्रतिसत रहेको थियो ।