बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेप्सेमा सामान्य गिरावट, कारोवार रकम भने बढ्यो

बिहिबार, साउन १९ २०७४

 
काठमाडौ साउन १९
साताको अन्तिम कारोवार दिन आज बिहिबार नेप्से घटेपनि कारोवार रकम भने बढेको छ । आज नेप्से दुुई दसमलव १६ अंकले घटेर १६ सय ६० दसमलव ५८ बिन्दुुमा झरेको छ भने सेन्सिटिभ शुन्य दसमलव २४ अंकले घटेर तीन सय ४८ दसमलव २२ बिन्दुुमा झरेको छ । एक सय ६३ कम्पनीहरुको १० हजार एक वटा कारोवारमा २८ लाख ५१ हजार चार सय ६९ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम एक अर्ब १३ करोड ७० लाख पाँच हजार पाँच सय ५५ रुपैयाँ पुुगेको छ । 
आठ वटा समुहको कारोवार भएकोमा तीन वटा समुहको कारोवार बढेर बाँकी समुहको कारोवार सुचक घटेको छ । बाँणिज्य बैक समुहको सुचक शुन्य दसमलव ८९ अंकले बढेर १४ सय ३८ दसमलव ९६ बिन्दुुमा चढेकोमा ३३ करोड २२ लाख ७९ हजार रुपैयाँकोे सेयर किनबेच भएको छ । फाईनान्स समुहको सुचक पनि १२ दसमलव ९२ अंंकले बढेर आठ सय १८ दसमलव १३ बिन्दुुमा चढेकोमा करोड ५७ लाख ३० हजार एक सय रुपैयाँको सेयर किनबेच भएको छ । अन्य समुहको सुचकमा पनि आज सामान्य अ्रंकले सुधार आएको छ । बीमा समुहको सुचक भने आज ४५ दसमलव तीन अंकले घटेर नौ हजार चार सय ५२ दसमलव ४० बिन्दुुमा झरेकोमा १९ करोड ७३ लाख ९१ हजार रुपैयाँको सेयर किनबेच भएको छ । बिकास बैक समुहको सुचक १३ दसमलव ६७ अंकले घटेर दुुई हजार ८७ दसमलव ७१ बिन्दुुमा झरेकोमा ४२ करोड ५८ लाख ६७ हजार रुपैयाँको सेयर किनबेच भएको छ । 
होटल, जलबिद्युुत र उत्पादनमुुलक समुहको सुचक पनि आज घटेको छ । आज कमाउने र गुुमउने कम्पनीहरु यस्ता रहेकाछन । 
कमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा) 
क्रस कम्पनीको नाम आजको कारोवार मुल्य आजको बढेको सेयर मुल्य 
१ नेशनल माईक्रो फाईनान्स ३६९९ ९.९९
२ वल्र्ड मर्चेन्ट फाईनान्स १६६ ९.९३
३ कुुवेर मर्चेन्ट फाईनान्स २८० ९.८०
४ ललितपुर फाईनान्स १८७ ७.४७
५ नेपाल कम्युनिटी डे बैंक ३३१ ६.४३
गुुमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा) 
क्रस कम्पनीको नाम आजको कारोवार मुल्य आजको घटेको सेयर मुल्य 
१ जनरल फाईनान्स ३८० ९.९५
२ गण्डकी बिकास बैंक ४६६ ९.८६
३ नेपाल ग्रामिण बिकास बैंक ९८३ ६.२९
४ स्वरोजागर लघुबित्त बिकास बैंक १९८० ४.८०
५ जानकी फाईनान्स २९३ ४.५६