काठमाडौ साउन १९-
नमस्ते बित्तीय संस्थाले आर्थिक बर्ष २०७३—०७४ को चौंथौ त्रैमासिक अवधिमा एक करोड ३६ लाख ५९ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा संस्थाको यस्तो मुनाफा एक करोड १० लाख ७१ हजार रुपैयाँ रहेको थियो ।
चुक्ता पुंजी आठ करोड ४० लाख रुपैयाँ रहेका संस्थाले आव २०७३—०७४ मा ३४ करोड ३७ लाख पाँच हजार रुपैयाँ निक्षेप संकलन गरी २६ करोड ३७ लाख ३५ हजार रुपैयाँ कर्जा प्रवह गरेको छ । खुद व्याज आम्दानी दुुई करोड ८६ लाख ७१ हजार रुपैयाँ रहेको संस्थाको प्रोभिजन रकम आठ लाख आठ हजार रुपैयाँ रहेको छ भने भने निष्क्रिय कर्जाको अनुपात शुन्य दसमलव ७२ प्रतिशत रहेको छ ।