काठमाडौं साउन, १७–
राष्ट्रिय ढुकुटी आफ्नै व्यक्तिगत सम्पती ठानेर रजाई गर्दै आएका अख्तियारको हिरासतमा रहेका आन्तरिक राजस्व विभागका निलम्वित महानिर्देशक चुडामणी शर्मालाई सर्वोच्च अदालतले न्यायिक हिरासतमा राख्न आदेश दिएको छ । मंगलबार न्यायाधीश दिपकराज जोशी नेतृत्वको पाँच न्यायाधीश संलग्न पूर्ण इजलाशले शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हिरासतबाट गरेर न्यायिक हिरासतमा राख्न आदेश दिएको हो। गत जेठ १९ गते अख्तियारको टोलीले राजस्व हिनामिना गरेको आरोपमा निलम्वित महानिर्देशक शर्मालाई आन्तरिक राजस्व विभागबाटै नियन्त्रणमा लिएको हो ।
सर्वोच्चको आजको आदेशसँगै अख्तियारको हिरासतमा रहँदै आएका मुद्दाको अन्तिम फैसला नभएसम्म शर्मालाई न्यायिक हिरासतमा राखिने छ ।
शर्मामाथि कर फछ्यौट आयोगबाट २० अर्ब रुपैयाँ उन्मुक्ति दिएको दाबी गर्दै शर्मासहित तीन जनाविरूद्ध अख्तियारले मुद्दा दायर गरेको थियो।