काठमाडौं साउन, १७–
करिब हप्ता दिन पहिले हो प्रहरी संगठन भित्रका चर्चित अनुहार सर्वेन्द्र खनालले महानगरीय ट्राफिक प्रहरी महाशाखाको प्रमुखको जिम्मेवारी सम्हालेको । हालै मात्र डीआईजीमा एक नम्वर वरिएतामा बढुवा भएका खनाल नेपाल प्रहरी भित्र सबैले आशा गरेका पात्र समेत हुन् । वरियताका हिसावले भन्ने हो भने उनी भावी प्रहरी प्रमुख( आईजीपी) का समेत प्रमुख दावेदारका रुपमा समेत चर्चा गरिन थालेका छन् । डीआईजी खनाल जता पुग्छन् त्यता गलत काम गरेर धन्दा चलाउनेहरुको पहिलेनै सातो उड्ने गर्दछ । उनले फष्टाउदो डनवाद देखि खेल क्षेत्रमा रहेको म्याच फिक्सिङ लागु औषधका कारोवारी, अबैध हुण्डी कारोवारी, वैदेशिक रोजगारीमा ठगी गर्ने, सुनकाण्डमा संलग्नहरुको सातो हडप्ने देखि अबैध डलरको कारोबारीलाई ठेगान लगाउने काम कुशलतापूर्वक सम्पन्न गर्दै आएका छन् । अहिले फेरि महानगरीय ट्राफिक प्रहरी महाशाखाकाको नेतृत्व सम्हालेका डीआईजी खनालको ट्राफिक प्रहरी महाशाखामा आगमन भएसँगै यो क्षेत्रमा तर मारेर जनतालाई दुःख दिन पल्केकाहरुको निद्रा हराम भैसकेको छ । हिँजो मात्र डीआईजी खनालले उपत्यकाका सडकमा गुड्ने टिपरले सडक आतंक मच्चाएको बताएका छन् । उनले त्यति मात्र होईन त्यस्ता टिपरमा गुण्डाको लगानि रहेको र गुण्डाको लगानि मौलाएको भन्दै त्यस्ता टिपर तुरुन्त बन्द गर्ने चेतावनी समेत दिएका छन् । त्यति मात्र होईन विकराल बन्दै गएको काठमाडौंको सवारी जामको समस्या समाधान गर्न आफूसँग योजना रहेको समेत उनले बताएका थिए । उनले सरकारलाईनै चुनौति दिदै काठमाडौंमा रहेको ट्राफिक बत्तिहरुको निर्माण हुन नसक्दा पनि समस्या थपिएको भन्दै यो सम्हार गर्न सरकार अघि बढ्नुपर्यो होईन भने निजी क्षेत्रसँग मिलेर म आफै यस्को समाधान गर्न अघि सर्छु । उनले आफूसँग सवारी जाम हटाउने केहि योजना रहेको भनदै सरोकारवालाहरुले साथ दिने हो भने आफू यो समस्या समाधान गर्न सफल हुने बताएका थिए । हिजो (सोमबार) मात्र ट्राफिक व्यवस्थापनसम्बन्धी केहि योजना सुनाएका डीआईजी खनाल मंगलबार बिहान ट्राफिक व्यवस्थापनसम्बन्धी अनुगमनमा निस्किएका छन् ।
केहि दिनभित्रै उपत्यकाको बढ्दो ट्राफिक समस्या समाधानका गर्ने बताएका उनी कसरी समस्या समाधान गर्न सकिन्छ भन्नेबारे अनुगमनका लागि फिल्डमा निस्किएका हुन् । सो क्रममा उनी ट्राफिक समस्या समाधानका विषयमा केन्द्रीत अन्तरक्रियामा पनि सहभागि भएका थिए ।
उपत्यकामा बढ्नो सवारी जाम हटाउने जिम्मेवारीसहित साताअघि प्रहरी प्रधान कार्यालयले खनाललाई महाशाखाको निमित्त प्रमुखको जिम्मेवारी दिएर पठाएको थियो ।